
काठमाडौँ- महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा आएका बाबाहरुलाई शुक्रबार पशुपति क्षेत्र विकास कोषले बिदाइ गरेको छ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा आउने साधुहरूलाई उनीहरूको तहअनुसार दक्षिणा दिएर बिदाइ गर्ने चलन छ।
गत बुधबार परेको महाशिवरात्रिका अवसरमा भारतबाट सयौँ संख्यामा साधुहरू पशुपतिनाथ आएका थिए। त्यस्तै, नेपालका विभिन्न भागहरूबाट पनि महाशिवरात्रिका अवसरमा साधुहरू पशुपतिनाथ आएका थिए।
बर्षा शाहले खिचेका तस्बिरहरू: