कर्णालीको ‘भर्जिन’ सुसेली (फोटोस्टोरी)

कर्णालीको ‘भर्जिन’ सुसेली (फोटोस्टोरी)
+
-

समुद्र सतहदेखि ३ हजार ९ सय ६२ मीटर उचाइमा रहेको तिब्बतको ‘माप्चोचोङ्गो’बाट कैलालीको समथल जमिनसम्म आइपुग्नका लागि ‘कर्णाली’ले कैयौं हिमालय श्रृङ्खला र पहाडका खोंचहरू छिचोलेको हुन्छ।

यहाँबाट पनि यसको यात्रा कोशौं टाढा अर्थात् पश्चिम बङ्गालको गंगा सागरसम्म उसैगरी अविछिन्न रहन्छ।

निख्खर कञ्चन जलको कलकल आवाजमा अविछिन्न बगिरहेको कर्णालीलाई हामीले कैलालीका केही फाँटमा कैद गर्ने कोसिस गरेका थियौँ।

कर्णालीमा आफैमा नेपालको एउटा लामो नदीको नाम हो। मानसरोबर ताल छेउको राकोस सरोबर (राक्षस ताल) हुँदै नेपाल प्रवेश गर्छ।

‘कर्णाली’ बनेर नेपाली भूमिमा बग्ने यो नदी कैलालीदेखि अलि दक्षिणतिर भारतको भूमिमा पुगेर ‘घाघरा’ बन्छ।

भारतकै भूमिमा पनि ‘शारदा’ (नेपालको महाकाली), गंगा नदी हुँदै पश्चिम बङ्गालको ‘गंगा सागर’ मा समाहित हुन्छ।

अनि हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलीभेरी, सानी भेरी, तीला, बुढीगंगा अनि पश्चिम सेती जस्ता धेरै साना ठूला नदी खोलाहरुको साथ पाएर कर्णालीले आफूलाई अझैँ फैलाउँछ।

तिब्बतदेखिको कर्णालीको यात्रा अन्ततः पश्चिम बंगालको ‘गंगा’ सागरसम्म पुगेर सकिन्छ। यो भूगोलमा कर्णालीको यात्रा मात्रै एउटा अमूक नदीका रुपमा मात्रै छैन।

बरु यो नदीमा कैयौं नेपाली आश्रित छन्। नदी किनारका लाखौं मानिसको बाँच्ने आधार यही कर्णाली हो।

हज्जारौं हेक्टर जमिनलाई सिंचित गर्दै कर्णालीले डल्फिन, गोहीलगायत कैयौं जलप्राणीको जीवनमा पनि प्राण भरिरहेको छ। कर्णालीमा गरिने बगरखेतीले पनि कतिपय किसानलाई जीविकोपार्जन दिइरहेको छ।

देशकै ‘भर्जिन’ नदी भनेर चिनिने कर्णालीमा अहिलेसम्म कुनै पनि ठूला बाँध अनि हाइड्रोपावर छैनन् । हिमालय श्रृङ्खला, पहाडका खोंचहरु अनि तराईको समथर भूभागलाई निर्वाध ‘चुम्दै’ छुनमुन गर्ने कर्णालीको ‘भर्जिनिटी’ माथि भने अब धेरैका आँखा तिरमिराइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?