
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा प्रदर्शन गरेको छ। बुधबार राजधानी काठमाडौंको बबरमहलमा उनीहरूले प्रदर्शन गरेका हुन्।
बबरमहलदेखि उनीहरू नारायणहिटी दरबार अगाडि जानका लागि हिडेका छन्।
उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।
राप्रपाको आन्दोलनले आज काठमाडौंमा ट्राफिक व्यवस्थामा समस्या भएको छ। सडकमा आन्दोलनका कारण भिडभाड हुँदा सडक आवागमनमा समस्या भएको हो।
थप तस्बिररहरू: