कैलालीमा जीप दुर्घटना: एककाे मृत्यु, तीन जना घाइते

कैलालीमा जीप दुर्घटना: एककाे मृत्यु, तीन जना घाइते
+
-

धनगढी- दिपायलबाट कैलालीको धनगढी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा २ जना घाइते भएका छन्। शनिबार राति कैलालीको चुरे गाउँपालिका- ५ निङलाडीस्थित भीमदत्त राजमार्गमा सुपप्र ०१-००१ ज १५२२ नम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका- ४ भाङयारेका २२ वर्षीय शंकर बोगटी घाइते भएका हुन्। घाइते बोगटीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ। उक्त जिपमा सवार अन्य तीन जना भने घाइते भएका छन्।

घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका- १ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका- ६ बस्ने १६वर्षीया कविता साउद रहेका छन्।

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?