यती एयरले अब काठमाडौं-सुर्खेत नियमित उडान भर्ने

यती एयरले अब काठमाडौं-सुर्खेत नियमित उडान भर्ने
+
-

सिमकोट- यती एयरलाइन्सको सुर्खेत विमानस्थलमा परीक्षण उडानको प्रतिबेदनका आधारमा नियमित उडान गर्ने भएको छ ।

उडान भएको यती एयरलाइन्सले कर्णालीमा सेवा विस्तारका लागि काठमाडौं-सुर्खेत उडान गर्न शनिबार परीक्षण उडान गरेको हो ।

एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगञ्ज-सुर्खेत र सुर्खेत-नेपालगन्ज उडान उडान भरेको थियो ।

परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए ।

उनले परीक्षण उडानमा नेपाल नागरिक उडड्यान प्राधिकरणका प्राविधिक सहितको टोली र यती एयरलाइन्सको प्राविधि टोली रहेको थियो । इन्ट्रक्टर पाइलट क्याप्टेन समर्थ रत्न तुलाधर र क्याप्टेन राजु राजवंसी उडान गरेका थिए ।

सफलतापूर्वक उडान परीक्षण सम्पन्न भएको उनले बताए । यस्तै प्रवक्ता बर्तौलाले दुई-तीन दिनमा परीक्षण उडानको प्रतिबेदन आएपछि त्यसका आधारमा उडान थाल्ने एयरलाइन्सको तयारी रहेको बताए । उनका अनुसार सुर्खेत विमानस्थललाई वैकिल्पिक विमान स्थलका रुपमा प्रयोग गर्ने र निकट भविष्यमा नियमित उडान गर्ने उदेश्यले परीक्षण उडान गरिएको हो । प्रवक्ता बर्तौलाले सुर्खेत विमानस्थलमा राती उडान नहुने बताए ।

विमानस्थल पनि सानो भएको र अन्य एयरलाइन्सले उडान गरिरहेकाले त्यो समय नजुध्ने गरी समय मिलाएर उडान भर्ने योजना यतीको रहेको । एक दिनमा एउटा वा दुईवटा उडान गर्नसकिन्छ त्यसको अध्ययन भई रहेको छ ।

काठमाडौं सुर्खेत बुद्ध र श्रीएयरलाईन्सले यसअघि उडान भर्दै आएका छन् । दुई वर्ष अगाडीसम्म काठमाडौं सुर्खेत उठ.डान नहुँदा सुर्खेतबाट काठमाडौं जाने र काठमाडौंबाट सुर्खेत आउने यात्रुहरु नेपालगंजबाट जानु पर्ने अवस्था थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?