
धनगढी – प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशदसभा बैठकमा विशेष सम्बाेधन गर्न बैठकस्थल पुगेका छन्।
दिउँसाे १ बजे सम्बाेधन गर्ने भनिए पनि ढिलाे गरी ४ बजे मात्र प्रधानमन्त्री ओली धनगढीस्थित प्रदेश सभामा पुगेका छन्।
उनलाई सलामीपछि मुख्यमन्त्री कमल शाहले स्वागत गरी बैठक कक्षमा प्रवेश गरेका छन्।
यसअघि प्रधानमन्त्री ओली कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयकाे दीक्षान्त समाराेहमा सहभागी भएर धनगढी पुगेका हुन्।