
धनगढी – डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका–७ बयरकोट बस्ने दलबहादुर बलायरकी श्रीमती अन्दाजी ६० वर्षकी मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
आइतबार दिउँसो स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जनाइएको छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।