प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने- देश बचाउने? देश के भएको छ, बचाउनलाई?

प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने- देश बचाउने? देश के भएको छ, बचाउनलाई?
+
-

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकले गरिरहेकाे अराजक गतिविधिले देश अप्ठ्याराेमा परेकाे बताएका छन्।

आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक विधिअनुसार सरकार चलाउनुपर्छ भनेर सिकाउनुको सट्टा पूर्वराजा ज्ञानेन्द्रले साथ माग्नु ठिक नभएकाे बताए।

उनले भने, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन ।’

फागुन ७ गतेका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क परेको उनले बताए। ‘उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ र बचाउनुहुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले पूर्वराजालाई केही व्यक्ति नारायणहिटीभित्र छिराउने भन्दै लागेको बताउँदै कुनै व्यक्तिलाई कुर्चीमा राख्दैमा शासक नहुने बताए । उनले भने  ‘अनि राष्ट्रपति रामचन्द्र पौडेललाई के गर्नुहुन्छ उहाँहरुले? उहाँले चुनेको राष्ट्रपति हो । प्रतिनिधिसभाले छानेको म प्रधानमन्त्री छु । यो केही थाहा पाउनुहुन्न कि उहाँहरु?’

वर्तमान सरकार चुनावसम्म चल्ने प्रधानमन्त्री ओलीले दाबी गरे । ‘अबको १६ महिनासम्म सरकार म चलाउँछु,’ उनले भने, ‘त्यसपछि म नेपाली काँग्रेसलाई सुम्पिन्छु । १६ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । १८ महिना उहाँले चलाउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिग्रिएको स्वीकार गर्दै १/२ वर्षभित्रै ट्रयाकमा ल्याउने पनि बताए।

अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले गेटामा यसै वर्षभित्र शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए ।

‘गेटामा अस्पताल र शैक्षिक कार्यक्रम यसैवर्षदेखि सुरु हुन्छ,’ उनले भने, ‘त्यसपछि मेडिकल विश्वविद्यालयका रुपमा विकास गर्ने बाटोतर्फ लैजान्छौं ।’

सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेश बनाउन आवश्यक रहेको बताउँदै उनले त्यसका लागि उद्यमशीलताको विकास गर्न आवश्यक रहेको बताए । त्यसले प्रदेशमै रोजगारीका सम्भावना बढाउने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले धनगढीमा निर्मित धनगढी सभाहलकाे पनि उद्घाटन गरेका छन्।

शहरी विकास मन्त्रालयकाे लागतमा धनगढी उपमहानगर – ८ मा निर्माण गरिएकाे सभाहलकाे एक समाराेहबीच प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्।

सभाहल उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश विकासकाे बाटाेमा अघि बढिरहेकाे बताए ।

उनले धनगढी सभाहल पनि विकासकै प्रमाण रहेकाे बताए । उनले भने – ‘यसकाे अधिकतम उपयाेग गर्नुस्।’ व्यवस्था परिबर्तन भयाे अवस्था परिबर्तन भएन भन्ने मान्छे छन् तर त्याे गलत रहेकाे प्रधानमन्त्रीकाे भनाइ छ । प्रधानमन्त्री ओलीले भने- ‘सुदूरपश्चिममा धेरै विकास भएकाे छ, अझै विकासकाे क्रममा छ । देश विकास हुन्छ, हामी गर्छाै सबै नेपाली मिलेर ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?