
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन्। पोखराबाट एक हप्ताको भ्रमणपछि उनी आइतबार काठमाडौँ फर्किएका हुन्।
विमानस्थलमा पूर्वराजा शाहलाई नेपालको झण्डा बोकेका समर्थकहरुले भव्य स्वागत गरे।
करिब सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट हुँदै बाहिरिएका पूर्वराजा शाह करिब साढे ६ बजे निर्मल निवास पुगे।
उनको स्वागतमा बाटोमा सर्वसाधारणहरू बसेका थिए। उनले गाडीबाट हात हलाउँदै समर्थकलाई अभिवादन गरेका थिए।
तस्बिरहरूः