सभापति देउवासहित कांग्रेसका अधिकांश पदाधिकारी सुदूरपश्चिममा

सभापति देउवासहित कांग्रेसका अधिकांश पदाधिकारी सुदूरपश्चिममा
+
-

धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश पार्टीका पदाधिकारी सुदूरपश्चिम पुगेका छन् ।

आज धनगढीमा भइरहेकाे पार्टीकाे प्रदेश सम्मेलन, मंगलबार र बुधबार धनगढीमा हुने प्रशिक्षणका लागि पार्टीका वर्तमान र पूर्वपदाधिकारीसहित केन्द्रीय नेताहरू धनगढी पुगेका हुन् ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का, सह-महामन्त्री महालक्ष्मी उपाध्याय, केन्द्रीय सदस्य बालकृष्ण खाँणसहित केहीँ केन्द्रीय नेताहरू आइतबार नै धनगढी पुगेपनि पार्टी सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू भने साेमबार बिहान मात्रै धनगढी पुगेका छन् ।

साेमबार बुद्ध एयरकाे फ्लाइटमार्फत सभापति देउवा, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सह-महामन्त्री जीवन परियार, भिष्मराज आङदाम्वे, पूर्व उपसभापति गाेपालमान श्रेष्ठ, पूर्व महामन्त्री शशांक काेइराला, कृष्ण सिटाैला, केन्द्रीय सदस्य एनपी साउँद, दिलेन्द्र बडुलगायत एक दर्जन केन्द्रीय सदस्य धनगढी आएका हुन् ।

अझै केही केन्द्रीय नेताहरू आउने क्रम जारी रहेकाे कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले जानकारी दिए । अधिकांश शीर्ष नेता सुदूरपश्चिम आएपछि स्वागतका लागि धनगढी विमानस्थलमा ठुलाे भिड लागेकाे थियाे ।

आज धनगढीमा भइरहेकाे सम्मेलनमा सुदूरपश्चिमका नाै वटै जिल्लाका अगुवा नेता कार्यक्रताकाे सहभागिता रहेकाे छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?