
धनगढी- प्रतिपक्षीदलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।
१९ औं प्रदेश सभाको बैठकमा उपस्थित प्रतिपक्षिदल नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद उभिएर विरोध गरेपछि बैठक अर्को सूचना जारी नभएससम्मका लागि स्थगीत भएको हो ।
सम्पूर्ण दलको प्रतिनिधित्व गर्दै सभामुख भिम भण्डारीले नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य नरेश शाहीले धारणा राख्न आग्रह गरेका थिए ।
त्यसपछि शाहीले सरकारलाई भार पर्ने गरी अनावश्यक रुपमा गरेका प्रदेश निती तथा योजना आयोग लगाएतका नियुक्तीहरु खरेज गर्नु पर्ने माग राखेका थिए । प्रतिपक्षिदलले अबरोध गरेको भन्दै सभामुखले सम्पुर्ण कार्यसुचि बैठकबाट हटाएको जानकारी दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले केही उद्योग तथा बन सम्बन्धी ऐनलाई संसोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गर्ने कार्यसूचीमा राखीएको थियो ।