मुख्यमन्त्री सिंहद्वारा १५ अस्पताल तथा पोक्लिनिकलाई बन्द गर्न निर्देशन 

मुख्यमन्त्री सिंहद्वारा १५ अस्पताल तथा पोक्लिनिकलाई बन्द गर्न निर्देशन 
+
-

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पताल र विभिन्न निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अस्पतालको अनुगमन गरेका छन् ।

अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिँदै मुख्यमन्त्री सिंहले बिहीबार साँझ अनुगमन गरेका १९ मध्ये अवैध र अनाधिकृत रुपमा सञ्चालनमा रहेको १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएका हुन् ।

सञ्चालन अनुमति लिएको तर नवीकरण नगराएका तीन वटा निजी स्वास्थ्य संस्थालाई उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएपछि मुख्यमन्त्री सिंहले क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिएको बताए ।

मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णतामा परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिए ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले अनुगमन क्रममा जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिइएको जानकारी दिए ।

कर्णका अनुसार मलंगवास्थित मैक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिक, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?