
नेपालगन्ज – बाँके प्रहरीले होलीमा उत्श्रृंखल गतिविधि गर्ने ३५ जनालाई नियन्त्रणमा लिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, होली खेल्दा अस्वाभाविक गतिविधि गर्ने, मासपे गरेर सवारी चलाउने, प्रहरीसँग झगडा गर्ने ३५ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये झगडा नै गरेकालाई मुद्दा चलाएर कारबाही गर्ने तयारी गरिएको छ।
प्रहरीले आज नै १ सय ३७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ। कागजपत्र नभएको, धेरै जना बसाएर गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । सवारी साधनको हकमा जरिवाना काटेर छोड्ने तयारी गरिएको छ।
तराईमा आज होली खेलिएको थियो। होलीमा आज जिल्लामा ३ वटा सामान्य दुर्घटना भएको प्रहरी प्रवक्ता डीएसपी पातलीले बताए ।
जिल्लामा अपवादबाहेक होली शान्तपूर्वक सकिएको छ।