
धनगढी- त्रिभुवन विश्वविद्यालयअन्तर्गत कैलाली जिल्लाका नाै वटा क्याम्पसमा नेतृत्व चयनका लागि मतदान सुरु भएकाे छ ।
कैलालीमा रहेका १० क्याम्पसमध्ये घाेडाघाेडी क्याम्पसमा भने निर्वाचन स्थगित भएकाे हो ।
अहिले धनगढीमा रहेकाे ऐश्वर्य बहुमुखी क्याम्पस, फूलवारी बहुमुखी क्याम्पसलगायत नाै वटामा मतदान सुरु भएकाे छ ।
प्राय क्याम्पसहरुमा नेविसंघ, अनेराश्ववियु र अनेराश्ववियू क्रान्तिकारीबिच त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएकाे छ । विद्यार्थीकाे निर्वाचनमा पार्टिका नेताहरू पनि खटिएर लागेका छन् ।
सुदूरपश्चिमभरी आज ३३ वटा क्याम्पसमा निर्वाचन हुनुपर्ने भएपनि कतै तालावन्दीका कारण सबै ठाउँमा मतदान सुरु हुन नसकेकाे विद्यार्थी नेताहरू बताउँछन्।