
काठमाडौँ – प्रहरीले काठमाडौँको टोखा क्षेत्रबाट बरामद गरेको २५ करोड रुपैयाँ सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी बरामद गरिएको रकम सार्वजनिक गरेको हो। उक्त रकमसहित पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामालाई पनि प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको हो। ना १ ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।