डेढ लाख बराबरको चिनियाँ मदिरा बरामद

डेढ लाख बराबरको चिनियाँ मदिरा बरामद
+
-

हुम्ला- हुम्लामा प्रहरीले करिब डेढ लाख बराबरको चिनियाँ मदिरा बरामद गरेको छ।

जिल्लाको उत्तरी क्षेत्रबाट सदरमुकाम सिमकोटमा भित्रिँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले चिनीयाँ अवैध मदिरा २६ कार्टुन सिमकोट भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको बताएका छन्।

उक्त मदिरा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको पाइएको हो।जुन तीन वर्ष अघि नेपाल भित्रिएको थियो।

चिनियाँ मदिरा एक कार्टुनमा बाह्र बोतल हुन्छ। सदरमुकाम सिमकोटमा प्रति बोतल मदिराका पाँच सय रुपैयाँ गर्छ। २६ कार्टुनमा ३१२ बोतल चिनीयाँ मदिरा हुन्छ। जसको बिक्री मूल्य एक लाख, पचास हजार रुपैयाँ पर्नजाने अनुमान छ।

बरामद भएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आवश्यक प्रकृया पूरा गरेर सो मदिरा नष्ट गरिनेछ।

यसअघि पनि ८७ कार्टुन चिनीयाँ मदिरा बरामद गरिएको थियो। चिनीयाँ मदिरा नाम्खा गाउँपालिकाको हिल्सा, लिली लाप्चा, सिमकोट गाउँपालिकाको चुवाखोला, चङ्खेली गाउँपालिकाको नेक्पाको टाके नाकाबाट स्थानीय व्यापारीले छुकिछिपी गरेर ल्याउने गर्छन्।

वर्षाको ६ महिना चीनसँग जोडिएका नाका खुलेपिछ छुकिछिपी ल्याउने गरिन्छ। त्यसपछि नष्ट गरिने भएको जानकारी प्राप्त भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?