ऐश्वर्य बहुमुखीमा नेबिसंघले बिरासत फर्कायाे

ऐश्वर्य बहुमुखीमा नेबिसंघले बिरासत फर्कायाे
+
-

धनगढी- कैलालीकाे धनगढीमा रहेकाे ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघले बिरासत फर्काएकाे छ ।

मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनबाट नेपाली कांग्रेस निकट नेविसंघले सभापतिसहितका पदमा क्लीन स्वीप गरेको हो ।

अन्तिम मतपरिणामअनुसार नेविसंघका दिपकराज भट्ट विजयी भएका छन् । भट्ट प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट (दिपिन) लाई पराजित गर्दै विजयी भएका हुन् ।

सचिवमा नेविसंघका देबेन्द्र बोहरा(डेभिड) र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन् । यसअघि ऐश्वर्य बहुुमुखी क्याम्पसको स्ववियु सभापतिसहितका पदमा एमाले सम्बद्ध अनेरास्ववियुुले प्यानलसहित जितेको थियो तर यो पटक भने नेविसंघले क्लीन स्वीप गर्दै अनेरास्ववियुको बिरासत भत्काएको छ ।

नेविसंघले ऐश्वर्य बहुुमुखी क्याम्पसको नतिजालाई ऐतिहासिक भनेको छ । योसँगै नेविसंघले कैलालीका पाँच क्याम्पसमा स्ववियु चुनावको नतिजा आफ्नो पक्षमा पारेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?