
काठमाडौँ- पाथीभरा केवलकार बिरुद्ध संघर्षरत ताप्लेजुङका स्थानीयहरूले बुधबार सिंहदरबार घेराउको कार्यक्रम राखे पनि त्यो सम्भव हुन सकेन।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणका लागि र्याली सहित सिंहदरबार घेराउ कार्यक्रम राखेका थिए।
सिंहदरबार घेराउ सम्भव हुन नसकेपछि उनीहरूले माइतीघर मण्डलामा गएर सभा गरेका थिए।
केही महिनायता पाथीभरा केवलकार सञ्चालनको विरोध गर्दै स्थानीयहरूले स्थानीय तहमा तथा काठमाडौँ केन्द्रित कार्यक्रम गरिरहेका छन्।
तस्बिरहरू: