सेती किनारमा फोहोर, त्यसैमाथि आगो!

सेती किनारमा फोहोर, त्यसैमाथि आगो!
+
-

पोखरा – बुधबार विहानै धुवाँको मूस्लोले बेलचौतारा आसपासको बस्तीलाई छपक्कै छोप्यो। एकविहानै धुवाँले धेरैको आँखा पोल्यो। धुवाँको मुस्लो फैलदै गएपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा, शुक्लागण्डकी–४ दुलेगौंडा आसपासका बस्तीमा श्वास फेर्नै मुस्किल बनायो। धेरैले सामाजिक सञ्जालमा श्वास फेर्नै मुस्किल भएको गुनासो पोखे।

शुक्लागण्डकी नगरपालिका–४ र ५ को सिमनामा पर्ने कसेरीस्थित सेती नदी किनारको डम्पिङ साइटमा आगलागी भइरहेको फोटो र भिडियो पोस्ट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै चर्को आलोचना गरे। ‘शुक्लागण्डकी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने प्रक्रिया यही नै हो ? के हामी दिनभर फोहोरको धुवाँ लिदै बस्नुपर्ने हो?’, एक जना युवा आकाश कार्कीले धुवाँले आजित बनाएपछि प्रश्न गरे।

अर्का युवा सन्दिप बानियाँले फोहोर व्यवस्थापन भनेर कुनै शीर्षक त छ होला नि नगरपालिकाको रु भन्दै प्रश्न तेर्साए। ‘फोहोर सेतीमा बगाउने। सेतीको किनारमा जलाएर मात्र समाधान खोज्या हो रु दिगो हुने तरिकाले फोहोर व्यवस्थापन गर्न तर्फ लाग’, उनको सुझाव थियो।

शुक्लागण्डी नगरपालिकाको बजार क्षेत्रबाट संकलन हुने फोहोरमैला सेती नदी किनारमा लगेर फ्याँक्ने गरिन्छ। त्यही फोहोरमाथि मंगलबार रातीदेखि आगो लागेको शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा बताउँछन्।

यहाँ फोहोरमाथि बेलाबेलामा आगो लगाइदै आइरहेको छ। आगो लागेको थाहा भएपछि निभाउन नगरपालिकाबाट दमकल पठाएको उनको भनाइ छ।

नगरपालिकाबाट नगरप्रहरीसहित पुगेको दमकलले ९ खेप पानी खन्याएर आगो निभाउने प्रयास गरेको छ। पूर्ण रुपमा भने आगो नियन्त्रणमा आउन सकेको छैन। केही मात्रमा आगोको निभ्न बाँकी थियो।

फोहोरमैला फ्याँकिएको स्थानमा कस्ले आगो लगायो अनुसन्धान हुने शुक्लागण्डकी नगरपालिकाका वातावरण शाखाका इञ्जिनियर भीम सुवेदीले बताए। फोहोर फालिएको स्थानमा कवाडी संकलन गर्नेले आगो लगाएको हुन सक्ने उनको अनुमान छ। ‘कवाडी खोज्ने मान्छेले आगो लगाएपछि फलामजन्य पदार्थ निस्कन्छ। प्लाष्टिहरु जल्छन् भनेर हो की भन्ने शंका छ। अनुुसन्धान गर्दैछौं’, उनले भने।

शुक्लागण्डकी नगरपालिकाले फोहोरमैला फाल्ने डम्पिङ साइटमा आगो लागेको यो पहिलो घटना भने होइन। यसअघि शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाको हेल्थपोष्टमुनि फोहोर फाल्दा पनि पटक पटक यसैगरी आगो लाग्ने गरेको थियो। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपाचार केन्द्र परिसरमा फोहोर फ्याँक्दा पनि आगो लगाएपछि बिरामी र तिनका आफन्तले आलोचना गर्दथे। पछिल्ला बर्षहरुमा कसेरीमा फोहोर फ्याँक्ने गरिन्छ। त्यहाँ आलो लागेर फोहोर जल्छ। बाँकी रहेको फोहोर बर्खाको बाढीले सेतीमा मिसाउँछ।

शुक्लागण्डकी नगरपालिकाले फोहोरमैला संकलन केन्द्र निर्माण गरेको लामो समयसम्म पनि सञ्चालनमा ल्याउनै सकेको छैन। ५ वर्षअघि फोहोरमैला संकलन केन्द्र निर्माण भएको हो। अघिल्लो कार्यकालमा जनप्रतिनिधिबीचमै विवाद हुँदा संकलन केन्द्र प्रयोगमा आउन सकेको थिएन्। २०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिको पनि कार्याकालको तीन वर्ष हुन लाग्दासमेत सञ्चालनमा ल्याउन सकेका छैन। अघिल्लो कार्यकाल र हालका जनप्रतिनिधिले दुई पटकसम्म फोहोरमैला संकलन केन्द्र सञ्चालनका लागि टेन्डर आह्वान गरेपनि विवादले गिँजोलिएपछि ठेक्का लाग्न नसकेको हो।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ९राजुु० ले अब छिट्टै फोहोरमैला संकलन केन्द्र सञ्चालनमा ल्याउने दाबी गर्छन्। त्यसका लागि बहुराष्ट्रिय कम्पनी सूूर्य नेपाल प्रालिसँग सम्झौता हुने उनको भनाइ छ। ‘सम्झौताको अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारको व्यवस्थापन सूर्य नेपालले गर्नेछ।

घरघरबाट उठाएको फोहोर संकलन केन्द्रसँग नगरपालिकाले लैजानेछ’, उपमेयर विक भन्छन्, ‘केन्द्रभित्र पुगेपछि त्यसको स्क्यानिङ, सटिङ सूर्य नेपालको ग्रिन नेपालले गर्नेछ।’ ग्रिन नेपालले प्लाष्टिकजन्य फोहोरबाट सडक कालोपत्रे गर्ने उनले सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?