
यतिबेला राजधानी काठमाडौंमा बग्ने नदी किनारका दृश्य निकै मनोरम देखिन थालेको छन्।
काठमाडौंको मुटुमै बग्ने ढोबी खोलाको दृश्य पनि यतिबेला हेर्न लाएक छ। जहाँ कालो धोबीखोला आफ्नै वेगमा बगिरहेको छ। जसको किनारमा ढकमक फुलेका छन् विभिन्न रंग र प्रजातिका फूलहरू।
मानव व्यवहारबाट पीडित भई कालो रंङ धारण गरेको धोबी खोलामा यतिबेला मुस्कुराइरहेका छन्, थरिथरीका फूलहरू। फूलको सुवास र मुस्कानमा गमक्क परेको छ, धोबी खोला पनि यतिबेला। जसको किनारमा रातो, सेतो, पहेंलो, रानी रंगका शिरिष, बकम्बेलीलगायतका फूल मुस्कुराइरहेका छन्।
कुरुपजस्तै बनेको धोबीलाई थोरै भए पनि यी फूलहरूले सुन्दरता प्रदान गरेका छन्। र त खोलामा फोहोर फाल्ने र ढल मिसाउने मानिसलाई यी फूलहरूले गिज्याइरहेको आभाष हुन्छ, सायद!
थप तस्बिहरू: