प्रहरीलाई असहयोग गरेको जनाउँदै आपराधिक छविका श्रेष्ठ पक्राउ

प्रहरीलाई असहयोग गरेको जनाउँदै आपराधिक छविका श्रेष्ठ पक्राउ
+
-

मोरङ – विराटनगरका विवादास्पद छविका अभिषेक गिरीका अपराध सहयोगी राजु श्रेष्ठलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
आइतबार विराटनगरको एक क्यासिनोमा भएको घटनामा प्रहरी अनुसन्धानलाई सहयोग नजाएको उल्लेख गर्दै प्रहरीले ३८ वर्षीय श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठ सम्राट क्यासिनोमा कार्यरत छन्।

सो क्यासिनोको सञ्चालकका रुपमा रहेका गिरीसंग एमाले मोरङ जिल्ला सदस्य किरण लामा र कांग्रेसका रोनाल कँडेलबीच क्यासिनामा राति कुटाकुट भएको थियो। घटनाबारे क्यासिनोमा रहेको सिसिटिभी फुटेज माग्दा श्रेष्ठले उपलब्ध नगराएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक बेदप्रकास जोशीका अनुसार बुधबार राती पक्राउ परेका श्रेष्ठविरुद्ध अभद्र ब्यवहार मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु भएको छ। प्रहरी नायब उपरिक्षक जोशीका अनुसार गिरी र श्रेष्ठ एउटै मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्तिहरु हुन्।

गिरीले २०७१ सालमा काठमाडौंमा व्यक्तिको अपहरण गर्दा श्रेष्ठ सहयोगी थिए। क्यासिनोका सञ्चालक गिरीको समूहले आइतबार राती भएको घटनालगत्तै मध्यरातमा लामा र कँडेलको घरमा जबरजस्ती प्रवेश गरी धम्की दिएको भन्दै उजुरी परेको थियो। प्रहरीका अनुसार आइतबार रातिको झगडापछि राति लामा र कँडेल भागेका थिए। हाल प्रहरीले दुवै पक्षको खोजी गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?