एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने

एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने
+
-

धनगढी – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने भएको छ। सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नारा सहित प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा गर्ने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

उनले अधिवेशनका लागि ९ वटै जिल्लामा प्रतिनिधि छनोट गरिसकेको बताए। उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि मुल आयोजक कमिटि संगै विभिन्न समिति गठन गरिएका छन। सुदूरपश्चिम प्रदेशमा १७ हजार ६ सय ७९ जना संगठित सदस्य रहेको एकीकृत समाजबादीको प्रथम प्रदेश अधिवेशनमा झण्डै ५ सय जना सहभागी रहने अध्यक्ष सिंहले जानकारी दिए।

पत्रकार सम्मेलनमा पार्टिका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश ईन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टिका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाललगायत पदाधिकारीको सहभागिता रहने जानकारी दिए। उनले देशमा शुसासनको समस्या रहेको बताए।

उपाध्यक्ष जोशीले देशमा धेरै निरासाको अवस्था नरहेको बताउँदै तर पनि देशमा निराशा देखिरहेको उल्लेख गरे। उनले भने, ‘शुसासन, बेरोजगारी, उत्पादन लगायतका समस्याले जनतामा आक्रोस छ, सबै दल मिलेर यिनको समाधान खोज्नुपर्छ।’

पूर्वमन्त्री समेत रहेका जोशीले अब राजनीतिक दलले नारामात्र दिएर नहुने कार्यक्रम नै दिनुपर्ने बताए । उनले आलोचना गरेर मात्र नहुने सत्ता पक्ष र बिपक्षी सबैले सहकार्य गरेर देश ब्यापी अभियान संचालन गर्न आवश्यक रहेको बताए।

नेता जोशीले दुई ठुला दल अरु संग सहकार्य नगरि अघि बढिरहेका कारण समस्या बल्झिरहेको बताउँदै भने, ‘हाम्रो पार्टी बिपक्षमा रहेपनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?