मोटरसाइकल र ईरिक्सा चोर्ने तीन जना पक्राउ

मोटरसाइकल र ईरिक्सा चोर्ने तीन जना पक्राउ
+
-

नेपालगन्ज– बाँके प्रहरीले मोटरसाइकल र ईरिक्सा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार, मोटरसाइकल चोरेको आरोपमा सुर्खेतका २१ वर्षीय पवन पाण्डे, नेपालगन्जका २० वर्षीय अमिर ढापाली र ईरिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरिएको छ ।

तिनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का पाण्डेले नेपालगन्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इनफिल्ड मोटरसाइकल चोरेका थिए ।

उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगन्जको गणेशमानचोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेका थिए ।

उक्त मोटरसाइकल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६, मन्नापुरुवामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं. ९ बस्ने जरवटले नेपालगन्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ईरिक्सा चोरेका थिए । तिनै जनालाई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?