सर्वोच्चमा कुलमानको रिट दर्ता हुँदा हितेन्द्रदेवको रिट फिर्ता

सर्वोच्चमा कुलमानको रिट दर्ता हुँदा हितेन्द्रदेवको रिट फिर्ता
+
-

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेपछि सर्वोच्च अदालत गएका कुलमान घिसिङको रिट दर्ता हुँदा नवनियुक्त अर्का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट भने सर्वोच्च अदालतले फिर्ता पठाएको छ।

कुलमान आफूलाई पुन: कार्यकारी निर्देशकमा फिर्ता गर्नु पर्ने माग गर्दै बुधबार अदालतमा गएका थिए भने हितेन्द्र आफूलाई चार वर्ष दायर गरेको रिटको चाँडो टुङ्गो लगाइदिन माग गर्दै अर्को रिट लगेर गएका थिए।

तर सर्वोच्च प्रशासनले हितेन्द्रले पेश गरेको रिट निवेदन प्रक्रिया नपुगेको भन्दै फिर्ता गरेको हो। शाक्यले चार वर्ष अगाडि आफूलाई हटाएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको निर्णय विरुद्ध रिट दायर गरेका थिए।

उक्त रिटको चाँडो टुंगो लगाइदिन माग गर्दै शाक्यले दिएको निवेदन सर्वोच्चले अंग नपुगेको भन्दै आज फिर्ता गरेको हो। कुलमान घिसिङले पनि आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय बद्र गर्न माग गर्दै मंगलबार नै सर्वोच्चमा रिट निवेदन पेश गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?