भ्रष्ट निर्णय खारेज गर भन्दै कुलमानको पक्षमा प्रदर्शन (तस्बिरहरू)

भ्रष्ट निर्णय खारेज गर भन्दै कुलमानको पक्षमा प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा आज (बुधबार) पनि प्रदर्शन भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सम्पूर्ण संयोजित संगठनले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरूले मन्त्रीपरिषद्‌को निरङ्कुश र भ्रष्ट निर्णय खारेज गर भन्दै प्रदर्शन गरेका थिए।

सोमबारको मन्त्रीपरिषद् बैठकले कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

कुलमानलाई बर्खास्त गरेपछि उनको पक्षमा प्रदर्शन भइरहेको छ। बिहीबार माइतीघरमा भएको प्रदर्शनमा कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ, भ्रष्ट सरकार खारेज गरौँ, अवस्था बदल्न व्यवस्था बदलौँलगायत नारा लगाइएको थियो।

प्रदर्शनमा एक जना विदेसी नागरिकको पनि सहभागिता थियो। उनले हातमा कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ भन्दै प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागि भएका थिए।

कुलमान आफूलाई बर्खास्त गरेकोविरुद्धमा सर्वोच्च अदालत गएका छन्।

तस्बिरहरू–

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?