अनुमति नलिई खोला खन्ने उपभोक्ता समिति गैरजिम्मेवार

कहाँ हरायो म्याग्दे खोलाको माल !

कहाँ हरायो म्याग्दे खोलाको माल !
+
-

पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याग्दे खोलाको किनारमा निलो पोखरी बनेको छ। पर्यटन प्रबद्र्धनका लागि पोखरी बनाइएको होइन। न त खोलामा आएको बाढीले पोखरी बनाएको हो। अवैध तरिकाले ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्नलाई डोजर चलाएपछि गहिरो पोखरी बनेको छ।

पोखरी बनाएर खाल्डो पारेर झिकेको ढुंगा, गिट्टी, बालुवा कहाँ राखिएको छ ? यसको जवाफ जनप्रतिनिधि र त्यहाँ खन्ने उपभोक्ता समितिसँगै छैन। नेपाली फिल्म लुटको गीत ‘आँखा झिमिक्क मालसामान गायब’ जस्तै भएको छ। वडाका जनप्रतिनिधिले ७५ टिप उत्खनन् गरेको भनिएको ढुंगा, गिटी, बालुवा नजिकैको क्रसर छेउमा मौज्दात गरिएको छ। मौज्दातस्थलमा मुस्किलले ३० टिप मात्रै देखिन्छ। त्यो पनि स्थानीयवासी, नागरिक समाज, अभियन्ताहरुको विरोधपछि मात्रै त्यही बचेको हो।

उत्खनन् गरेर बनाइको खाल्डोको उचाई २ मिटर गहिरो मात्रै हुदाँ पनि त्यहाँबाट चानचुन आठ सय घनमिटर बढी उत्खनन् भएको अनुमान छ। अर्कोतर्फ सडक निर्माणका लागि उपभोक्ता समितिले नगरपालिकासँग उत्खनन्को अनुमति लिएको छैन। खैरेनीटार– टुँडा रिङरोड उपभोक्ता समितिका अध्यक्ष हमाल पुन नेतृत्वमा उत्खनन् भएको हो। उनले गरेको बद्मासीमा वडाध्यक्ष खड्गसिंह थापाले पनि साथ दिएका छन्।

शुक्लागण्डकी नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत खैरेनीटार टुडा रिङरोड निर्माणका लागि म्याग्दे खोला खनेको दाबी छ। रिङरोडको काम सुरु हुनुपहिले नै खोलामा जेसिबीले खन्न थालियो। खनेर थुपारिएको सेतो सुन (ढुंगा, गिट्टी, बालुवा) अहिले धेरै गायव छ।देखाउनलाई केही बाँकी राखिएको हो।

मनबहादुर पुन ‘हमाल’ अध्यक्ष रहेको उपभोक्ता समितिले पुस १६ गते शुक्लागण्डकी नगरपालिकासँग खैरेनीटार टुडा रिङरोड निर्माणका लागि सम्झौता ग¥यो। बाटोको स्तरोन्नती र खोलाको कटान रोक्ने उद्देश्यले झन्डै महिना दिन पहिले काम सुरु भयो। ढुंगा, गिटी, वालुवाको उत्खनन्पछि झमेला हुने भएकाले काम सुरु हुदाँ शुक्लागण्डकी नगरपालिका–७ का वडा सदस्य गिरबहादुर थापालाई पठाइयो। उनी उपस्थित भएर गन्दा ७५ टिप उत्खनन् भएको बताउँछन्।

अहिले खाल्डो मात्रै छ, खनिएको पूरै ढुंगा, गिटी, बालुवा छैन।वडासदस्य थापाका अनुुसार खोलाको बीचबाट ढुंगा, गिट्टी, बालुवा ल्याएर धार फेर्ने भनिएको थियो। त्यहाँबाट निस्किएको मालले जाली हाल्ने निर्णय हो। पछि विवादमा तानिन सक्ने सम्भावना देखिएर उनी त्यहाँ नगएको बताउँछन्। उनका अनुसार यो भन्दा पहिले पनि त्यहाँ योजनाको काम गर्दा ढुंगा, गिट्टी, बालुवा हराएको थियो।

वडाध्यक्ष खड्गसिंह थापाका अनुसार खोला उत्खनन् गर्नलाई नगरपालिकाबाट अनुमति लिइएको छैन। न त उत्खनन्का लागि ठेक्का लगाइएको हो। ‘ठेक्काको कुरो होइन। त्यो खोलामा जाली ग्याबिन हाल्नुप¥यो भनेर काम गरेको। पछि धेरै विरोध आएर बन्द गर्देको हो’, वडाध्यक्ष थापाले भने।

प्राविधिक स्टेमेट अनुसार खोलाको माल झिकेर सडकमा हाल्ने योजना रहेको उनले सुनाए। उनले अहिले खोला हिँडिरहेको स्थान बाटो रहेको बताए। माल निकालेको ठाउँमा खोलाघर भएको वडाध्यक्ष थापाको भनाइ छ। स्टेमेटमा त्यहाँको माल त्यही प्रयोग गर्ने उल्लेख भएको उनको दाबी छ। यदि खोलाको धार फेर्न हो भनेपनि अहिले खाल्डो बनाएको स्थानभन्दा माथिबाटै फेर्नुपर्छ। निकालिएको माल कहाँ छ ? यो प्रश्नमा आफूलाई थाहा नभएको गैरजिम्मेवार जवाफ दिन्छन्। कति निकालियो, कहाँ लगिएको भनेर केही मेसो नपाएको उनले सुनाए।

उपभोक्ता समितिका अध्यक्ष हमाल पुनले उत्खनन् गरेर खोलाको धार फर्काउने र माल मौज्दात राख्ने योजनाले खनेको सुनाए। उनको भनाइ अनुुसार कटान रोख्न तारजाली पनि झारिएको छ। ‘खेरा जान भन्दा थुपारेर राख्दिने। राखेपछि नगरपालिकाले अनुगमन आएर नाप्छ, लान्छ। नभए हामीलाई त्यहाँ बाटोमा आधा चाहिन्छ’, उनले भने।

उनले वडा सदस्य गिरबहादुर थापा बसेरै ७८ टिप बढी उत्खनन् गरेको बताए। हामीले माल खोइ भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘माल त हेर्न जान पर्छ त्यही छ। जुन लग्यो भनेर आशंका गरेको मान्छेलाई किन त्यो गरेको भनेको होइन मेरो गाडी गाथ्यो त्यता डोजर थ्यो। फर्कने बेलामा दुईचार टिप ल्याको हो कन्फर्म हो। त्यो लान पर्छ भनेपनि म लान्छु भन्छ उसले।’

कसले लगेको भन्दा लैजानेको नाम उनले खुलाएनन्। उनले फर्काउन परे फर्काउन तयार रहेको दोहोर्‍याइरहे। उनले गैरजिम्मेवार प्रतिक्रिया दिए, ‘लान त कता लगे थाहा भएन। मैले किन लगेको भन्दाखेरि ? बाटो पर्‍यो भनेको छ।’ आफूसँग लैजाने मान्छे सम्पर्कमा रहेको तर, कस्ले लगेको थाहा नभएको बताए।

एक स्थानीयका अनुसार त्यहाँबाट धमाधम टिपरमा ढुंगा, गिट्टी, बालुवा चोरेर लगिएको हो। दिउँसै त्यहाँबाट ओसारपोसार भएको थियो। विवाद भएपछि त्यहाँबाट लैजान रोकिएको उनले बताए। ‘हामीलाई थाहै नदिइकन खनियो। पछि अन्तै लगेको देखेपछि विरोध गरेर लैजान रोकिएको हो’, उनले भने।

पछिल्लो एक हप्तादेखि म्याग्दे खोलाको उत्खनन्को विषयले सामाजिक सञ्जाल गर्माएको छ। तर, नजिकै रहेको वडा कार्यालयबाट वडाध्यक्ष र कर्मचारी निरीक्षणका लागि नपुगेको बताउँछन्। उत्खनन्को बेला उपस्थित भएका वडासदस्य गिरबहादुर थापाले निकालेको जति परिणाममा नरहेको बताए। उनी बिहिबार त्यहाँ पुगेका थिए। शुक्लागण्डकी नगरपालिकालेसमेत उत्खनन्को विषयमा चासो नदिएपछि स्थानीयले मिलेमतोको आशंका गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?