दिनभरि रणमैदान बन्यो तीनकुने क्षेत्र (तस्बिरहरू)

दिनभरि रणमैदान बन्यो तीनकुने क्षेत्र (तस्बिरहरू)
+
-

काठमाडौँ-  प्रहरी र राजसंस्था पक्षधर आन्दोलनकारीको झडप र भिडन्तले तीनकुने क्षेत्र शुक्रबार दिनभरि रणमैदान बनेको छ।

आन्दोलनकारीहरू नियन्त्रणबाहिर जाँदा उनीहरूले घर, गाडी तथा कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्। भाटभटेनी डिपार्टमेन्टल स्टोर लुटेका छन् भने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कार्यालयमा ठूलो क्षति पुर्‍याएका छन्।

आज राजा समर्थकले तीनकुने क्षेत्रमा विशाल प्रदर्शन गर्ने भनेको थियो, बिहानदेखि मानिस भेला जम्मा भएका थिए। कोही सिधै तीनकुने आएका थिए भने कोही र्‍यालीसहित।

यही बीच भीड बढ्दै गइरहेको थियो। प्रदर्शनमा आएका केही भने प्रहरीको अगाडि नाराबाजी गरिरहेका थिए। त्यही क्रममा प्रहरीले पहिलोपटक अश्रुग्यास प्रहार गरेको थियो।

प्रहरीकै बीचमा अश्रुग्यास हान्ने नहान्ने विवाद भइरहेको थियो। अश्रुग्यासले राजसंस्था पक्षधरको कार्यक्रमस्थल नै बिथोलियो जसले आन्दोलनकारीलाई झनै उग्र बनाएको थियो।

त्यसको केही बेरमा दुर्गा प्रसाईको गाडी प्रहरीलाई पेलेर अगाडि बढ्यो। दुर्गाले कार्यक्रममा किन अश्रुग्यास हानेको भन्दै थिए। त्यसको केही समयपछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो।

आन्दोलनकारीले अश्रुग्यास,पानीको फोहरा र रबरको गोली प्रहार गर्‍यो। आन्दोलनकारीले घर तथा गाडीमा ढुंगा हाने र आगो लगाउने काम गरे।

आन्दोलनकारीले नेकपा यसको पार्टी कार्यालय पनि तोडफोड गर्नुका साथै जलाएका थिए।

राजा समर्थक पक्षधरको आन्दोलनपछि सरकारले काठमाडौंको तीनकुने क्षेत्र तथा आसपासमा कर्फ्यू लगाएको छ भने नेपाली सेनालाई बाहिर निकालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?