
धनगढी- मुख्यमन्त्री कमल शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका हुन् ।
देश सञ्चारमा समाचार प्रकाशन भएपछि मुख्यमन्त्रीले बन मन्त्रीलाई निर्देशन दिएका हुन् ।
अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर बनमन्त्रीले राजिनामा गर्न लागेकाे स्राेतले बताएको छ ।