
काठमाडौँ – आजको प्रतिनिधि सभा बैठकमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
बैठक सुरु भएलगत्तै सत्तारुढ दलका सांसदहरूले राजावादीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आक्रोशित भएका थिए।
त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छाती पिट्दै ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्दै जंगिएका थिए।
शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने भन्दै सत्तारुढ दलका सांसदहरू गालीगलौजमा उत्रिएपछि लिङ्देनलगायत राप्रपाका सांसदहरू आक्रोशित भएका थिए।
अवस्था तनावपूर्ण भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर, बैठक सुरु हुन सकेन।
बैठक ४ बजे बस्ने गरी स्थगित गरिए पनि अझै सुरू भएको छैन।