
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्।
औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन ओली आज मंगलबार बैंककतर्फ प्रस्थान गरेका हुन्।
उनको बिदाइका लागि पत्नी राधिका शाक्यसहित सुरक्षाकर्मीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो।
थप तस्बिरहरू: