स्ववियु निर्वाचन: मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघ विजयी

स्ववियु निर्वाचन: मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघ विजयी
+
-

हुम्ला- मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विधार्थी निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । स्ववियु निर्वाचनमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।

०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति बनेका थिए । सचिवमा भने अनेरास्ववियुका भरत शाही निर्वाचित भएका थिए ।

विभिन्न समयमा तोकिएका निर्वाचनहरु कहिल्यै विश्वविद्यालयको तयारीका कारण त कहिल्यै अदालतको आदेशका कारण रोकिँदै आएको थियो । त्यसभन्दा यता चुनावका मिति तोकिए पनि चुनाव भने हुन सकेको थिएन ।

मगंलबार राति सार्वजनिक भएको मत परिणाममा एक हजार एक सय सय ८८ मत ल्याएर नेवि संघका खड्का अध्यक्षमा विजयी भएका छन । सोमबार भएको मतदानमा नेकपा एमाले निकट अनेरास्ववियुका जगतजगं शाहीले ९०८ मत ल्याएर पराजित भएका हुन् । शाहीलाई २ सय ८० मतान्तरले पछि पार्दै गदै खड्का विजयी भएका हुन् ।

माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट स्ववियुको अध्यक्ष पदका उम्मेदवार प्रकाश विकले २७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार मिलन बिसीले २३१ मत प्राप्त गरेका छन् । विश्वविद्यालयका ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए ।

स्ववियु सचिवमा नेविसंघकै भूपेन्द्र आचार्यले एक हजार तीन सय ९६, कोषाध्यक्षमा लोकप्रसाद रिजालले १२ सय ५५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै सदस्यहरूमा विकास कुमार थापाले १३ सय २३, निशान्त शाहीले १२ सय ७८, शिव ढकालले १२ सय ३३, गणेश थापाले १२ सय ७५, प्रतीक्षा थापाले १४ सय ९१, विष्णुराज सिंहले १३ सय ३४ र प्रकाश सिंहले १२ सय १९ मत ल्याएर विजयी भएका छन् ।.

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?