लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यकः मुख्यन्त्री पाण्डे

लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यकः मुख्यन्त्री पाण्डे
+
-

कास्की – कास्कीमा बुधबारदेखि लागुऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो।

लागुऔषध नियन्त्रण लागुऔषध दुव्र्यसनलाई नियन्त्रण, लागुऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानको रहेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको उद्घाटन गर्दै लागू औषध समाजको प्रमुख समस्याका रूपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। “लागुऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका छन्। यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रका सरोकारवाला पक्षको सक्रिय सहभागिता, साझेदारी र सहयोग आवश्यक पर्दछ”, पाण्डेले भने।

पछिल्लो समयमा युवाहरू बढी लागुऔषध दुव्र्यसनीबाट पीडित भइरहेकाले उनीहरूलाई कुलतबाट हटाउने पहिलो दायित्व परिवारको भएको उनले बताए। “आमारबुबा तथा छरछिमेकले आफ्ना बाुनानीले के गर्दै छन्, कस्तो संगत गर्दै छन् भन्ने कुराको जानकारी लिनुपर्दछ। उनीहरूलाई माया ममता, स्नेह तथा अपनत्व हुने गरी बढी परिवारमै घुलमिल गराउनुपर्दछ”, मुख्यमन्त्री पाण्डेले भने।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जिल्लामा लागुऔषधको ओसारपसार, उत्पादन तथा बिक्री वितरणको कार्य रोक्नका लागि विशेष टोली परिचालन गर्ने गरिएको बताए। उनले महाअभियानमा विभिन्न शीर्षकमा ४७ वटा गतिविधि समेटिएका र यसलाई ६ महिनासम्म महाअभियानको रूपमा वडा वडामा लैजाने बताए।

कार्यक्रममा पोखरा नाटक घरबाट लागुऔषध दुव्र्यसनीसम्बन्धी सडक नाटक तथा विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा हाम्रो परिवार नेपाल लागुऔषध सुधार केन्द्रका सञ्चालक शिव न्यौपाने आफू लागुऔषधको दुव्र्यसनीमा फस्दाको अवस्थामा भोग्नुपरेको पीडा प्रस्तुत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?