चन्द्रीमायाको पीडाः सहकारीबाट ठगिएपछि ६ वर्षकी छोरी बोकेर सडकमा

चन्द्रीमायाको पीडाः सहकारीबाट ठगिएपछि ६ वर्षकी छोरी बोकेर सडकमा
+
-

काठमाडौँ – ६ वर्षकी छोरीलाई बोकेर आन्दोलनमा आएकी छन् ४० वर्षीया चन्द्रीमाया तामाङ। ओखलढुङ्गा स्थायी घर भएकी उनी विगत १६ वर्षदेखि काठमाडौँको कपनमा बस्दै आएकी छन्।

उनका श्रीमान् ज्यामी काम गर्छन्। ज्यामी काम गरेर कमाएको रकम कपनको हाइक चोकमा रहेको सुमो सहकारीमा जम्मा गरेका थिए। तर अहिले उक्त सहकारी त्यहाँ छैन।

उनले भनिन्,’श्रीमान्‌ले ज्यामी काम गरेर कपन हाइक चोकमा रहेको सुमो सहकारीमा पैसा जम्मा गरेका थियौँ। २ लाख ३० हजार रुपैयाँ जम्मा भएको थियो। त्यो सहकारी अहिले त्यहाँ छैन।’

उनका श्रीमान् अहिले पनि ज्यामी काम गर्छन्। आफूहरूले दुःख गरेर कमाएको रकम सहकारीले खाइदिएपछि आफू र्‍यालीमा आएको उनले बताइन्।

भावुक हुँदै उनले भनिन्,’ज्यामी गरेको पैसा २५/५० रुपैयाँ गरेर जम्मा गरेर त्यति बनाएको थियो। त्यो नि खाइदियो। केही हुन्छ कि भनेर र्‍यालीमा आएकी हुँ।’

उनका १४ वर्षका एक छोरा पनि छन्। अहिले पढ्दै छन्। घर खर्च चलाउन पनि समस्या भएपछि अहिले आफू अरुको घरमा काम गर्ने गरेको उनले सुनाइन्।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले पछिल्लो समय काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्। त्यही क्रममा रत्नपार्कमा भेला भएका उनीहरू र्‍यालीसहित बालुवाटार पिपलबोटसम्म पुगेर प्रदर्शन गरेका थिए।

तामाङ पनि आफ्नो रकम फिर्ता हुने आशमा ६ वर्षकी छोरी बोकेर प्रदर्शनमा सहभागी भएकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?