सामाजिक सुरक्षा भत्ता बुझ्न आठ घण्टा हिड्नु पर्ने बाध्यता

सामाजिक सुरक्षा भत्ता बुझ्न आठ घण्टा हिड्नु पर्ने बाध्यता
+
-

हुम्ला- सरकारले सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको सामजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकलाई आठ घण्टादेखि दुई दिनसम्म हिड्नु पर्ने बाध्यता रहेको छ । उक्त सेवा बैङ्कमार्फत सम्वन्धित जेष्ठ नागरिकको खातामा जम्मा हुन थालेपछि भत्ता निकाल्न जेष्ठ नागरिकलाई सास्ती हुने गरेको हो ।

ताँजाकोट गाउँपालिका– ३ को मासपुरका ७४ वर्षको जेष्ठ नागरिक गोरे बुढाले सरकारले प्रदान गर्दै आएको जेष्ठ नागरिक भत्ता बुझ्नका लागि आठ घण्टा पैदल हिडेर जानु पर्ने बाध्यता रहेको बताए । हालसम्म सडक सञ्जाल नजोडिएको मासपुर गाउँबाट गाउँपालिका केन्द्र वा अन्यत्र जानका लागि पैदल हिड्नुको बिकल्प नै छैन । उनले कम्तीमा वर्षको दुई पटक गाउँपालिका केन्द्र छप्रेलामा गएर आफ्नो सामाजिक सुरक्षाभत्ता लिने गरिएको बताए ।

बिरामी भएको बेला भने लिन जान नसकिने बताउँदै उनले जेष्ठ नागरिकलाई भने यो भत्ता लिन सास्ती हुने गरेको बताए । आफ्नो गाउँका बाईस घरधुरीमा दश जना जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता पाउने गरेको र सवैलाई भत्ता लिन समस्या भए पनि जानैपर्ने बाध्यता रहेको बताउँदै उनले यसलाई सहज बनाउन माग गरे ।

उक्त गाउँबाट जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन तीन दिन लाग्ने गर्छ । एक दिन आउन, एक दिन जान र एक दिन पैसा बैंङ्कबाट निकाल्न समय लाग्ने गर्छ । चेकमा समेत औठाछाप लगाउनु पर्ने भएको कारण हिड्न नसक्ने जेष्ठ नागरिकले परिवारका सदस्यहरूले घोडामा चढाएर भत्ता झिक्न लग्ने गर्दै आएका छन् ।

यता चङ्खेली गाउँपालिका– ५ को दुर्गमको बस्ती नेप्काका जेष्ठ नागरिकको पीडा पनि उस्तै रहेको छ । उक्त गाउँका ७० वर्षका जेष्ठ नागरिक गोर्या तामाङले जेष्ठ नागरिक भत्ता लिन एक दिन पैदल हिडेर जानु पर्ने गुनासो सुनाए । सरकारको नियम भत्ताको रकम हिनामिन नहोस् भन्ने राम्रो भएको भए पनि आफू जस्ता जेष्ठ नागरिकलाई भने समस्या भएको उनले बताए । नेप्काबाट गाउँपालिका केन्द्र पिप्लाङ पुग्न बिहानै हिडेपछि बेलुका मात्र पुगिन्छ ।

उनले लड्ठी टेकेर हिड्दै समाजिक सुरक्षा भत्ता लिनु पर्ने बाध्यता रहेको बताए । नेप्का गाउँमा सत्तरी जना जेष्ठ नागरिक रहेको र उनीहरूमध्ये अधिकाँश वर्षको एक पटक मात्र गाउँपालिका केन्द्रमा पुगेर भत्ता झिक्ने गर्दै आएका छन् । सो गाउँबाट पनि सामाजिक सुरक्षा भत्ता लिन तीन दिन लाग्ने गर्छ ।

त्यस्तै नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बुझ्ने पीडा रहेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

लिमीका तीन वटै गाउँमा सामाजिक सुरक्षा भत्ता लिने २२१ जना रहेको र त्यसमा जेष्ठ नागरिक ७३ जना, अन्य जेष्ठ नागरिक ८९, एकल महिना १५ जना, अपाङ्ग एक जना र बाल पोषण भत्ता लिने ४३ जना रहेको बताउँदै उनले सबैलाई यो सुविधा लिनका लागि गाउँपालिका केन्द्र याल्वाङ पुग्न दुई दिन लाग्ने बताए ।

वडा अध्यक्ष तामाङले हिड्न नसक्ने सेवाग्राहीका लागि बैंङ्कलाई बिकल्पको व्यवस्था गर्न अनुरोध गर्दा कुनै सुनुवाई हुन नसकेको बताए । लिमीका एक जना ७८ वर्षका जेष्ठ नागरिक तन्जन तामाङ हिड्न नसक्ने भएपछि डेढ वर्षदेखि बैङ्कबाट भत्ता निकाल्न नसकिएको हो । लिमी बाहेक नाम्खा गाउँपालिकाको यारी, चाला र मुचु गाउँका जेष्ठ नागरिकहरुलाई पनि सामाजिक सुरक्षा लिन सास्ती भोग्नु परिरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?