पक्राउ परेकालाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने राजसंस्था पक्षधरहरूको घोषणा (तस्बिरहरू)

पक्राउ परेकालाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने राजसंस्था पक्षधरहरूको घोषणा (तस्बिरहरू)
+
-

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्। उनले सरकारसँग राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहा गर्न वैशाख २१ गतेसम्मो म्याद दिँदै माग पूरा नभए आफूहरूले वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने बताएका हुन्।

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले भने- ‘हाम्रो अभियान सफल हुन्छ। हरेस नखानुस्। आजको आज, भोलिको भोलि भन्ने हुँदैन। सबै कुराको समय आउँछ। वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने, बन्दी बनाइएका साथीहरूलाई मुक्त गराएन भने २२ गतेको दिनमा हामीले तीनकुनेमा सहादत प्राप्त गर्नुभएका वीर सहीदहरूको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो।’

उनले २१ गतेसम्म माग पूरा नभए सबैभन्दा पहिले आफूले गिरफ्तारी दिने बताए। ‘सबैभन्दा पहिले मैले नै गिरफ्तारी दिन्छु, म ७८ वर्ष पुगेँ। हामीले ज्यान माया मारेर आन्दोलनमा जाने हो। त्यसपछि को को आउनुहुन्छ, आउनुस्,’ उनले भने।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?