खेलकुदका लागि वर्ष २०८१: सर्वोच्च निकायले खेलाडीको खुसी खोसेको वर्ष

खेलकुदका लागि वर्ष २०८१: सर्वोच्च निकायले खेलाडीको खुसी खोसेको वर्ष
+
-

वर्ष २०८१ धेरै अर्थमा नेपाली खेलकुदका लागि अर्थपूर्ण बन्यो। खेलाडीको कीर्तिमानी प्रदर्शन र खेलप्रति चासो राख्ने युवा शक्तिका लागि प्रेरणादायि प्रदर्शनले नेपाली खेलकुदलाई जीवन्त राखियो। खेलाडीको मिहिनेत र लगावले देशको शीर उच्चो राख्न निरन्तर अघि बढ्दा खेलकुदलाई बाटो देखाउने सर्वोच्च निकायले खेलाडीमाथि लगातार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चोट पुर्‍याउन छोडेनन्।

वर्ष २०८१ मा खेलाडीहरुका सामान्य अपेक्षामा निरासा हात पार्नबाहेक उच्च ओहदामा बसेकाहरुको पदमा लुछाचुँडी कायम रह्यो। राजनीतिक हस्तक्षेप र एकअर्कालाई आरोप प्रत्यारोपका रुपमा वर्ष २०८१ ले निरन्तरता पायो। वर्ष २०८१ मा खेलकुदका सर्वोच्च निकायहरुले कसरी खेलाडीको खुसी लुटे केही उदाहरण हेरौँ।

दसौं राष्ट्रिय खेलकुद कुर्दा कुर्दै वर्ष बित्यो


वर्ष २०८१ मा खेलाडीहरुका लागि सर्वाधिक प्रतिक्षित प्रतियोगिताका रुपमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको थियो। साग, एसियन गेम र ओलम्पिकसम्मको यात्रा तय गर्ने उद्देश्य बोकेका खेलाडीहरु राष्ट्रिय स्तरमा च्याम्पियन बनेर भविष्यको यात्रा लम्कन प्रयासमा निरन्तर मिहिनेत गरे। तर, खेलकुदको सर्वोच्च निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण पूर्वाधार तयारीबीच पनि कर्णालीले २०८१ मा दसौं राष्ट्रिय खेलकुद आयोजनाको अवसर पाएन।

प्रतियोगिता तोकिएको समयमा भएको भए मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगिता सम्पन्न भइसक्नुपर्ने थियो। तर, उक्त मितिमा त प्रतियोगिता भएन नै त्यसपछि दोस्रो पटकको मितिमा समेत प्रतियोगिता नहुँदा वर्ष २०८१ को बहुप्रतिक्षित १० औं राष्ट्रिय खेलकुद कुर्दाकुर्दै वर्ष बित्यो।

प्रतियोगिता दोस्रो पटक चैत्र २३ देखि ३० सम्म आयोजना हुने मिति मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले मिलेर सारे तर उनीहरुले त्यो खेलकुदका लागि सारेका थिएनन्। उक्त मिती पनि यसै गुज्रियो। र अर्को नयाँ मिति २०८२ मा पुगेको छ।अहिले अर्थ मन्त्रालयले बजेट कटौती गरेको भन्दै प्रतियोगितामाथि लागेको कालो बादल हटेको छैन। पर्याप्त बजेट पूर्वाधार र खेलाडीको तयारीबीच तरमाराहरुको लडाइँमा राष्ट्रिय खेलकुद पर्दा खेलाडीहरु निरास भएर वर्ष ८१ बिताउन बाध्य भए। कतिपय खेलाडी समयमै राष्ट्रिय प्रतियोगिता नभएपछि पलायन भइसकेका छन्।

एन्फाको लापरबाहीले खेलाडी बन्ने सपना बोकेका ६ बालबालिकाले ज्यान गुमाए


नेपाली खेलकुदका लागि वर्ष २०८१ को सर्वाधिक दु:खद् क्षण १२ असोजमा घटेको घटना हो। एन्फाले आफ्नो एकेडेमीमा राखेका खेलाडीको सुरक्षामा लापरबाही गर्दा ६ बालबालिकाले ज्यान गुमाउन पुगे। भिषण वर्षाका कारण सिंगो देशमा हजारौं व्यक्तिहरु घरबारविहीन र मृत्यु हुँदा फुटबलर बन्ने सपना बोकेर एन्फा एकेडेमी आएका ६ बालबालिका पहिरोमा पर्न पुगेका थिए।

खेलकुदका सर्वोच्च निकायहरुले खेलका लागि वातावरण त बनाएनन् नै तर उनीहरुले खेलाडीको संघर्ष र मिहिनेतले खेल्न पाउने अधिकारसमेत वर्ष २०८१ मा खोसेका छन्। जसले खेलाडीलाई निरास मात्र पारेको छैन, पलायनको बाटो रोज्न बाध्यसमेत बनाउँदै लगेको छ। 

भिषण वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि अघिल्लो दिन नै कुलेखानी जलविद्युतले सावधानी अपनाउन आग्रह गरेको थियो। तर मकवानपुरको सिस्नेरीमा रहेको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालबालिकालाई सुरक्षित स्थानमा सार्न नसक्दो वर्षा र पहिरोबाट जोगिन भाग्ने क्रममा १२ असोजमा उनीहरु पहिरोमा परी ज्यान गुमाउन बाध्य भए। उनीहरुलाई एन्फाले लापरवाहीपूर्ण तरिकाले राखेको भन्दै आफन्तले आपत्ति र असन्तुष्टि जनाए पनि एन्फाले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रयाससमेत गरेन।

‘ए’ डिभिजन लिग प्रतिक्षामै बित्यो वर्ष


फुटबलको बहुप्रतिक्षित ए डिभिजन लिग यो वर्ष पनि हुन नसक्दा खेलाडीहरुले मोफसल र राजधानीमा भएका गोल्डकपमै भरपर्नु पर्‍यो। क्लबहरुमा लामो अनुबन्धनको प्रतिक्षामा रहेका कतिपय खेलाडीहरु यो वर्ष पनि निरास रहे। सर्वाधिक ठूलो र राम्रो बजेट भएको अखिल नेपाल फुटबल संघ आफूभित्रै संघर्षमा रुमल्लिँदा खेलाडीहरु भन्ने भारी र खिन्न भएर वर्ष विताउन बाध्य भए।

वर्षको अन्त्यमा लिगको साटो लिग कम नकआउट प्रतियोगिता गर्ने घोषणा गरे पनि फुटबलमा उत्साह फर्कन सकेको छैन। वर्षको अन्तमा सर्वाधिक प्रतिष्ठित इभेन्टका रुपमा रहेको नेपाल सुपर लिग (एनएसएल) ले दर्शकको मन फर्काउन सकेको छैन। सीमित दर्शकबीच नै प्रतियोगिताले मध्य बाटो तय गरिसकेको छ।

घरेलु मैदानमा हुनुपर्ने अन्तर्राष्ट्रिय फुटबल इभेन्ट हुन नसक्दा निरन्तर आलोचित बनिरह्यो। तर उसले आफूलाई सुधार्ने कुनै प्रयास गरेन। फुटबलरहरुले पलायनको बाटो निरन्तर खोजिरहँदा त्यसलाई रोक्न र ठोस कार्ययोजना बनाउन फुटबल नेतृत्व यो पटक पनि असफल भयो।

ओलम्पिक विवादले अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिमतर्फ नेपाल


खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटी एकअर्काको पर्याय भएर खेलाडीलाई चलायमान बनाउनु पर्ने हो। तर विडम्बना यी खेलकुदका सर्वाधिक उच्च निकायहरु तीनतिर फर्किँदा वर्ष २०८१ विवाद र अन्योलता नै छोडेर गयो।

ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठले लगातार तेस्रो कार्यकालमा आफूलाई नेतृत्वमा राख्नका लागि गरेका ‘तिकडम’ ले वर्ष २०८१ लाई आलोचना र खेलमा हुने झेललाई पर्दामा प्रत्यक्ष रुपमा उभ्यायो।

उनले जबर्जस्ती विधान संशोधन गर्दै सरकारी निकायले बलपूर्वक चुनाव रोक्न खोजे पनि उनले भर्चुअल रुपमै भए पनि निर्वाचनको प्रक्रिया पूरा गरेर तेस्रो कार्यकालको नेतृत्व लिए। यो प्रयासलाई मन्त्रालय र राखेपले आलोचना गर्दा अदालतमा मुद्दाको ताँती नै लागेको छ।

यस्तोमा अन्तर्राष्ट्रिय मान्यताका लागि प्रयासरत छ। उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘सफ्ट’ सपोर्ट गरे पनि आधिकारिक मान्यता भने दिएको छैन। उसले अदालतमा विचाराधीन मुद्दालाई नजिकबाट नियालिरहेको जनाएको छ।
यस्तोमा खेलकुद मन्त्रालय र राखेपले घोषित रुपमै ओलम्पिकलाई कारबाही प्रक्रिया अघि बढाएका छन्। ओलम्पिक कमिटी भने आफूले प्रक्रियागत रुपमै तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएको भन्दै जीवनरामको बचाउमा छ।

ओलम्पिक कमिटीको यो विवादका कारण ओलम्पिकको झण्डामुनि रहेर अन्तर्राष्ट्रिय सहभागिता जनाउने खेलाडीहरु मारमा परेका छन्। जसले गर्दा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता नै अन्योलमा पर्ने अर्को खतरा मडारिरहँदा खेलाडीका लागि थप दु:खका दिन आउने संकेत मिलेको छ।

खेलकुदका सर्वोच्च निकायले खेलका लागि वातावरण त बनाएनन् नै तर उनीहरुले खेलाडीको संघर्ष र मिहिनेतले खेल्न पाउने अधिकारसमेत खोसेका छन्। जसले खेलाडीलाई निरास मात्र पारेको छैन, पलायनका लागि बाध्यसमेत बनाउँदै लगेको छ।

खेलाडीहरु मलिनअनुहार लगाएर प्रतियोगिताको प्रतिक्षामै वर्ष कटाउन विवश हुँदा खेलकुदको नेतृत्व भने कुर्सीको लडाइँमा मग्न छ। त्यसैले वर्ष २०८१ खेलाडीका लागि नेतृत्वले खुसी खोसेको वर्षका रुपमा रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?