
अ
+
अ
अ
-
काठमाडौँ – विभिन्न संघसंस्थाहरूले हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा सद्भाव र्याली निकालेका छन्।
ॐकार परिवारका विभिन्न धार्मिक संघसंस्थाहरूको आयोजनामा सद्भाव र्याली निकालिएको हो।
र्याली गौशालादेखि सुरु भएर पुरानो बानेश्वर हुँदै मैतिदेवी मन्दिर पुगेको थियो। मैतिदेवी मन्दिरमा उनीहरूले कोणसभा गरेका थिए।
हिन्दु राष्ट्रसहितको सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक प्रदर्शन गरिएको उनीहरूले बताएका छन्।