
बर्षा शाह
चैत २८, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – यतिबेला काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ।
लामो समयदेखि वर्षा नहुँदा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको थियो। आजको वर्षासँगै प्रदूषणबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ।
वर्षा भएसँगै सर्वसाधारणहरू छाता, रेनकोट लगाएर घर बाहिर निस्किएका छन्।
बिहान काठमाडौँमा हावाहुरीसहित वर्षा भएको थियो। अहिले हावाहुरी नचलेको भए पनि हल्का वर्षा भइरहेको छ।