दुर्गा प्रसाईँ र उनका अंगरक्षकलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)

दुर्गा प्रसाईँ र उनका अंगरक्षकलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)
+
-

काठमाडौँ-  आसाममा पक्राउ परेर झापा हुँदै नेपाल प्रवेश गराइएका व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट भद्रपुरबाट काठमाडौँ ल्याइएको छ। उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने भएको छ।

उनका अंगरक्षक दीपक खड्कालाई सामान्य मार्गबाटै विमानस्थलबाट बाहिर निकालिए पनि उनलाई भने प्रहरीले अलग्गै बाटो प्रयोग गरेर अदालततर्फ निकालेको थियो।

करिब १२ बजेको उडानबाट झापाबाट काठमाडौँ ल्याइएको हो। भद्रपुरमा उनलाई हतकडी लगाएर विमानमा प्रवेश गराइएको थियो। उनले भद्रपुर विमानस्थलमा भनेका तिए- म आत्तिएको छैन, यो तस्करबिरुद्धको लडाइँ हो।’

उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो।

गत चैत १५ गते काठमाडौँ तीनकुने घटनापछि उनी फरार थिए। उनी पक्राउ परेको शुक्रबार बिहान मात्र प्रहरीले औपचारिक जानकारी दिएको हो।

चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।

तस्बिरहरू:

 

यो पनि पढ्नुहोस्

प्रहरीले दुर्गा प्रसाईंलाई ल्यायो काठमाडौँ, अदालतमा उपस्थित गराइँदै

प्रहरीले दुर्गा प्रसाईंलाई ल्यायो काठमाडौँ, अदालतमा उपस्थित गराइँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?