ढोरबराही मन्दिरमा एकैदिन ५ हजार भक्तजन (तस्बिरसहित)

ढोरबराही मन्दिरमा एकैदिन ५ हजार भक्तजन (तस्बिरसहित)
+
-

पोखरा – तनहुँको प्रसिद्ध ढोरबराही मन्दिरमा नयाँ वर्षको दिन दर्शनार्थीको घुँइचो लागेको छ। मन्दिरमा बिहानैदेखि दिउँसो २ बजेसम्म दर्शनार्थीको घुँइचो लागेको हो।

सोमबार झन्डै पाँच हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताए। मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङलगायत स्थानबाट भक्तजन आएका हुन्।

गत वर्षको तुलनामा भने दर्शनार्थीको संख्या घटेको छ। ‘पोहोर दिनैभर दर्शनार्थीको भीडभाड थियो। यसपाली दुई बजेपछि नै कम भयो’, उनले भने। गत वैशाख १ गते ८ हजार बढी भक्तजन ढोरबराही मन्दिर आएका थिए।

मन्दिरमा सहज पूजाअर्चनाको व्यवस्था मिलाउन बिहानैदेखि मन्दिर व्यवस्थापन समिति खटिएको थियो। व्यवस्थापनका लागि एक हप्तादेखि नै तयारी गरेको वडाध्यक्ष पुलामीले बताए। ‘भक्तजनलाई सहजताको लागि लाइनको व्यवस्थापन, पानी, स्वास्थ्य डेस्कसँगै स्वयंसेवक खटायौँ’, उनले भने।

शुक्लागण्डकी– ९ बाजस्थलामा जंगलले चारैतिर घेरिएको पहाडको बीचमा मन्दिर रहेको छ। मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन्। पोखरीमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई बढाएको हो।

ढोरबराही माता प्रशन्न हुँदा लहरी छुट्ने धार्मिक कथन छ। मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ। पोखरीमा डुबुल्की मार्दा नबोल्ने बालबालिकाको बोली फुट्ने विश्वास गरिन्छ।

मन्दिरमा नयाँवर्षको दिन, वैशाख महिनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाम विशेष पूजाअर्चनाका लागी दर्शनार्थीको अत्याधिक भीड लाग्ने गर्दछ।

एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइँदैन। यो समयमा भने मन्दिरमा विभिन्न प्रकारका पूजापाठ गर्ने गरिन्छ। मन्दिरमा बोका, राँगाको वली दिइन्छ भने परेवा उडाउने प्रचलन छ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको छ। यसैको आधारमा पनि मन्दिर निकै पूरानो भएको जानकारहरु दाबी गर्छन्।

ढोरबराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ। धार्मिक पर्यटनको निकै सम्भावना बोकेको भए पनि मन्दिरको प्रचारप्रसार र प्रवर्द्धन भने खासै हुन सकिरहेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?