
काठमाडौँ- काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका सहकारी तथा वित्तीय संस्था पीडितहरूले अर्धनग्न भएर थाल ठटाउँदै थाल फ्याँक्दै बिहीबार प्रदर्शन गरेका छन्।
सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) ले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।
सोही अन्तर्गत सहकारी तथा वित्तीय संस्था पीडितहरूले पीडा सहनसक्ने अवस्था रहेको उल्लेख गर्दै अर्धनग्न भएर, थाल ठटाएर र थाल फालेर र्यालीसहित प्रदर्शन गरेका हुन्।
शान्तिबाटिकाबाट सुरु भई विद्युत प्राधिकरण, भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड गेट, वीर अस्पताल हुँदै शान्तिबाटिकामा फर्केर कोणसभा गरेका छन्।