गोरखा–जितगढी पदयात्रा सम्पन्‍न

गोरखा–जितगढी पदयात्रा सम्पन्‍न
+
-

काठमाडाैँ – गोरखा दरबारबाट चैत्र २८ गते सुरु भएको गोरखा–जितगढी पदयात्रा आइतबार रुपन्देही जिल्लाको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहबीच समापन भएको छ। पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोह स्थल जितगढीमा भव्य स्वागत गरिएको थियो।

गोरखा दरबारबाट सुरु भएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५  कम्पनी श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी भएका थिए।

करिब २०७ किमि दूरीमा सञ्चालन भएको पदयात्रा गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै ११औँ दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेपछि स्थानीय झाँकीलगायत विविध सांस्कृतिक कार्यक्रमसहित जितगढी विजय उत्सव मनाइएको हो।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास जगेर्नाको लागि नेपाली सेनाको सहकार्यमा सञ्चालन गरिएको गोरखा–जितगढी पदयात्रा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

जितगढी, नेपाल–अङ्ग्रेज युद्ध (वि।सं। १८७१९७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरि विजय हासिल गरेको ऐतिहासिक स्थल हो।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको जितगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुन, श्री नं।२२ वाहिनी अड्डाका बाहिनीपति, जनप्रतिनिधिहरू, बुद्धिजीवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?