पृथक शैली र शिल्पमा काम गर्न रूचाउने चलचित्र निर्देशक विनोद पौडेल र जीवन्त अभिनय गर्ने कलाकार सुशांक मैनाली बीच ‘अच्छा दोस्ती’ छ। पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘भुठान’ यही बैशाख १२ मा प्रदर्शनमा आउँदै छ, जसमा कलाकार मैनाली निर्माताको रूपमा जोडिएका छन्।
डेढ दशकअघि विनाेद पौडेल ‘ओस्कार कलेज’ पढाउँदै चलचित्र लेखन निर्देशनमा भविष्य खोजिरहेका थिए भने साेही समय ‘राष्ट्रिय नाचघर’मा रंगकर्मी वीरेन्द्र हमालबाट अभिनय कक्षा लिएर कलाकारितामा जम्ने कोसिसमा थिए मैनाली। यस्तैमा दुवैको संगत बाक्लियो जोयस पाण्डे निर्देशित चलचित्र ‘साँघुरो’बाट। दुवैलाई जाेयसले नै भेटाएका हुन्। साँघुरोबाट झ्याङ्गिएको मित्रताले निरन्तरता पाएको पनि डेढ दशक भयाे। निर्देशक विनाेद भन्छन्, ‘हामी त साँघुरोभन्दा अगाडिदेखि कै साथी थियाैँ । पछि कामको सिलसिलामा थप नजिक हुन पाइयाे।’
साँघुरोबाट चलचित्र लेखकका रूपमा उदाएका विनाेद कलाकारका रूपमा उदाएका मैनाली एकअर्कालाई निक्कै प्रेम र सम्मान गर्छन्। मैनाली भन्छन्, ‘हाम्रो दोस्ती भएको नै डेढ दशक बढी भयाे। अहिले पनि सँगसँगै छौं।’
भुटानी शरणार्थीले दिनमै चार पाँच जनाले आत्महत्या गर्छन् भन्ने समाचार जब बिबिसीले भन्यो अनि त मलाई त्यसले छोइहाल्यो। तर फिल्म बुलबुलकाे अन्तिम चरणको तयारीमा थिएँ। बिचमा अमेरिकाका मेरा मित्रले पनि यसका बारेमा थप भनेपछि फिल्म लेख्ने मुड बनाएँ।
‘साँघुरो,’ ‘टलकजंग भर्सेस टुल्के’ जस्ता चलचित्रमा अभिनय गरेका सुशांक पिँजडा चलचित्रमा भिलेनको निर्वाह गर्ने कलाकार पवन मैनालीका भाइ हुन्।
केही चलचित्रमा अभिनय गरेपछि सुशांक पारिवारिक कारणले अमेरिका गएका थिए। त्यो बिचमा यता पौडेलले ओस्कार कलेज चलाउँदै चलचित्र ‘बुलबुल’को स्क्रीप्ट पनि तयार पारेका थिए। बुलबुलको स्क्रीप्ट तयार पार्ने क्रममै बिबिसीले भुटानी शरणार्थीको आत्महत्याको बढ्दो ग्राफको बारेमा समाचार भनेको थियो। ‘दिनमै चार पाँच जना भुटानी शरणार्थीले आत्महत्या गर्छन् भन्ने समाचार जब बिबिसीले भन्यो अनि त मलाई त्यसले छोइहाल्यो। तर फिल्म बुलबुलकाे अन्तिम चरणको तयारीमा थिएँ। बिचमा अमेरिकाका मेरा मित्रले पनि यसका बारेमा थप भनेपछि फिल्म लेख्ने मुड बनाएँ।’
चलचित्र बुलबुलमा काम गर्न थालेपछि कलाकारको खोजी भयो। कलाकार खोज्ने क्रममा पौडेललाई सुशांकजस्तै पात्र चाहिएको थियो। ‘बुलबुलमा मलाई विनोदले कल गरेका थिए। तर भर्खर अमेरिका पुगेको थिएँ। कागजको प्रक्रियामा थिएँ। परिवारसहित थिएँ। झट्ट छोडेर आउनै मिलेन। अनि त बुलबुल छुट्यो,’ सुशांकले भने।
बुलबुलमा सुशांककाे समय नपाएपछि पौडेलले ओस्कारकै पूर्व विद्यार्थी मुकुन भुसाललाई ल्याएर नेपाली चलचित्रमा स्थापित गराए।
सबैको जीवनमा घटित तर याद कसैले नगरेको कथालाई आफ्ना दृष्य भाषामा भन्न रूचाउने विनोद बुलबुलबाट अब्बल निर्देशकमा रूपमा दरिए। अनि उनले ओस्कार मात्रै छोडेनन् देश नै छोडे। देश छोड्नुको पहिलो कारण थियो भुटानी शरणार्थीको कथा खोज्नु। विनोद भन्छन्, ‘बुलबुलको सफलता पछि मैले अर्को फिल्म बनाउन चुनौती थियो। गतिलो अध्ययन र अनुसन्धानबिना म अर्को प्रोजेक्टमा हात हाल्न डराइरहेको थिएँ। तर मेरो ध्यान भुटानी शरणार्थीको दुःखले छोडेको थिएन। अनि त्यसैका लागि म अमेरिका गएँ।’
भुटानी शरणार्थीमाथि फिल्मको पहिलाे ड्राफ्ट बोकेर अमेरिका पुगेका विनोदको भेट भयो सुशांकसँगै। सुशांक भन्छन्, ‘विनाेद अमेरिका आएकाे थाहा पाउने हाम्राे दाेस्ती यारी उस्तै भयाे । मलाई अभिभावकै आए जस्ताे भयाे। एकदमै उत्साहित भएँ।’
विनोदले पहिलो भेटमै आफ्ना कुरा राखेपछि विनोद, जोयस, सशांक भेटिएपछि भुटानी शरणार्थीमाथिकाे कथा ‘भुठान’को तयारीमा लागे।
समय अभावका कारण भुठानमा अभिनय गर्न पाइनँ। आफ्नै साथीहरू हुन् अर्को चलचित्रमा काम गरिहालिन्छ भनेर चित्त बुझाएँ। तर जब चलचित्रलाई हेरें अनि छुटाएकोमा खिन्न भएँ। अनि बाथरूममा पसेर खुब रोएँ।
‘भुटान नितान्त आफ्नो अस्तित्व खोजिरहेको मान्छेको कथा हो,’ विनोदले भने, ‘अस्तित्व, आफ्नो भाषा, माटो, रिवाज, रुढसँग जोडिएको छ। नेपालमा अहिले घर खाली हुँदै छ। जब विदेसिन्छ अनि घरको माया, परिवारको माया, भाषाको माया लाग्दोरहेछ, त्यही माठोको कथा हो भुठान।’
भुठान बन्ने भएपछि जोयस, सुशांकहरू हौसिए। जसले जति र जसरी सकिन्छ जोडिने कुराे भयाे। सुशांक पनि निर्माणटिमदेखि कलाकारको रूपमा जोडिए। तर परिवारको कारणले सुशांक सुटिङमा जोडिन सकेनन्। सुशांकले गर्ने भूमिका जोयसले गरे।
फिल्म भुठानलाई हेरे सुशांकलाई साह्रै गाह्रो भयो। सुशांक भन्छन्, ‘समय अभावका कारण भुठानमा अभिनय गर्न पाइनँ। आफ्नै साथीहरू हुन् अर्को चलचित्रमा काम गरिहालिन्छ भनेर चित्त बुझाएँ। तर जब चलचित्रलाई हेरें अनि छुटाएकोमा खिन्न भएँ। अनि बाथरूममा पसेर खुब रोएँ।’
पारिवारिक कारणले भुठानमा जोयस पाण्डेले गरेको भूमिका सुशांकले गर्न पाएनन्। विनोद भन्छन्, ‘ऊ यति भावुक मान्छे हो। भुठानमा धेरै साथीहरू जसरी जोडिनु भा’छ त्यसै गरी सुशांक पनि जोडिएको छ। तर कलाकारका रूपमा अनबुन्धित हुन पाएन। जब ऊ बाथरूममा रोएको कुरा मलाई सुनायो म आश्चर्यमा परें। तर उसले छिट्टै बिर्सियो र नयाँ काममा रमाउन थाल्यो।’
सुशांकले कुनै पनि कुरालाई धेरैबेर मनमा नलिने बानी विनोदलाई खुबै मन पर्छ। विनोद सुशांकको साथले आभारी छन्। उनी भन्छन्, ‘मेरो मिल्ने साथी हो। हामी हरेक कुरा शेयर गर्छौं। भुठानमा ऊ कलाकारको रूपमा नभए पनि फिल्ममा निर्माताका रूपमा जाेडिएकाे छ। यही फिल्मका लागि ऊ रातदिन नभनेर हिँडेको छ।’
‘भुठान’ ले भुटानी शरणार्थी विष्णुको कथा भन्छ, जो आफ्नै जिन्दगी र अस्तित्वको लडाइँमा छन्। टिजरदेखि ट्रेलरसम्ममा हरिवंश आचार्य पूर्व–चरित्रभन्दा फरक उभिएका छन्। आचार्यकाे करिअरकै ‘माइलस्टोन’ चलचित्र भन्दा फरक नपर्ला।
विनोदका लागि सुशांक ‘डाउन टु अर्थ’ हुन्। र सुशांकको ‘एम्बिशनको जर्नी’लाई नजिकबाट हेर्दै आएको बताउँछन्।
सुशांक पनि विनोदको तारिफ गर्न हिचकिचाउँदैनन्। उनी भन्छन्, ‘विनोद भनेको विजनेश माइन्ड भएको र सिनेमालाई लिएर जहिल्यै गम्भीर व्यक्ति हाे। विनाेदसँग सिक्न कुरा धेरै छन्। मलाई त के लाग्छ भने, विनोद जस्तो निर्देशक कमै होलान् नेपाली फिल्म इन्डस्ट्रीमा।’
कथा भुटानीको भए पनि ‘भुठान’ नेपालीको कथा पनि हो। चलचित्र भुठानले आप्रावासी नेपालीको पनि प्रतिनिधित्व गर्छ। विनोद भन्छन्, ‘भुठान भुटानीहरू बोल्दा उच्चारण हुने त्यो ‘टोन’ हो जसले भुटानीको मन मष्तिस्कले खाेजिरहेकाे देश हाे । देशकाे माटाे हाे। उनीहरू घर फर्किन खाेजिरहेका छन्।’
‘भुठान’ ले भुटानी शरणार्थी विष्णुको कथा भन्छ, जो आफ्नै जिन्दगी र अस्तित्वको लडाइँमा छन्। टिजरदेखि ट्रेलरसम्ममा हरिवंश आचार्य पूर्व–चरित्रभन्दा फरक उभिएका छन्। आचार्यकाे करिअरकै ‘माइलस्टोन’ चलचित्र भन्दा फरक नपर्ला।
हास्य क्षेत्रमा स्थापित कलाकार हरिवंशलाई गम्भीर पात्रमा उभ्याउने काेसिस विनाेदकाे तारिफयाेग्य नै छ। साथै विनाेद पात्र छनाेटमा सधै नयाँ गर्न रूचाउने निर्देशकमा पर्छन् नै।
फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन्। ८९ वर्ष पुगिसकेका ब्रुस दुईपल्ट ओस्कार नोमिनेसनमा परिसकेका हलिउड अभिनेता हुन्।
‘यात्राको क्रममा फरक भुगोल, फरक भाषा र फरक मानिसहरूको संगतले होला अलिकति फरक विषयमा काम चाहेकाे। यो मेरो सिकाई पनि हो। अवस्थाले मलाई हिँडायो त्याे चलचित्रलाई काम लागेकाे छ।
विनोदका लागि फिल्म मनोरञ्जन मात्रै होइन । मनोरञ्जन त गम्भीर विषयमा पनि हुन सक्छ। उनी भन्छन्, ‘फिल्म हेरेर हाँस्नु मात्रै मनोरञ्जन होइन। मौन सुखानुभूति पनि मनाेरञ्जन हो, जसले ‘ठहराव’ दिन्छ। मेडिटेशनको अनुभूति गराउँछ।’
सुशांक मधेशबाट काठमाडौँ आए र अमेरिका हिँडे। तर विनोदको यात्रा भने नागबेली बाटोजस्तो छ। उनी भारतको गुजरातमा हुर्किए, कपिलबस्तुमा केही समय पढे, भारतको उत्तर प्रदेशस्थित साद्गढमा पनि बसे। अनि नेपाल आएर साउदीअरब पुगे। साउँदीकाे चर्काे गर्मीकाे अनुभव लिएर उनी काठमाडौँ र चिसाे देश लण्डन हिँडे। लण्डनमा केही वर्ष बसेर काठमाडाैँ आएरओस्कार कलेज चलाए। तर उनकाे दिमागबाट फिल्म छुटेन। एक यायावार जस्ताे जिन्दगीमा पानीकाे फाेका जस्ताे सपना भएकाहरूकाे कथामा बुलबुल बनाए। त्यही सफलताले अमेरिका लागेर भुठान बनाए ।
यतिखेर नेपाल छन् उनी। भन्छन्, ‘यात्राको क्रममा फरक भुगोल, फरक भाषा र फरक मानिसहरूको संगतले होला अलिकति फरक विषयमा काम चाहेकाे। यो मेरो सिकाई पनि हो। अवस्थाले मलाई हिँडायो त्याे चलचित्रलाई काम लागेकाे छ।’