
तानसेन (पाल्पा) – तिनाउ गाउँपालिकामा शव फेला परेको छ। तिनाउ–३ आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जङ्गलस्थित आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ।
शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो। उहाँका अनुसार करङको भाग तथा हड्डी र कङ्काल मात्र रहेको अवस्था शव भेटिएको छ।