
काठमाडौँ – प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु भएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
यस्तै, सांसदहरूले संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा विभिन्न विषयमा आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो। तर, अन्तिम समयमा प्रधानमन्त्रीको सम्बोधन स्थगित भयो।
यस्तै, आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गर्ने कार्यसूची छ।