चिकित्सक आन्दोलनमा, अस्पतालमा बिरामीको बिजोग

चिकित्सक आन्दोलनमा, अस्पतालमा बिरामीको बिजोग
+
-

मोरङ – निजी अस्पतालले आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको तलब सुविधा दिन नमानेपछि चिकित्सकहरु आन्दोलित भएका छन्।

चिकित्सकहरुले मोरङका सरकारी र निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै उपचार सेवा बन्द गराएका छन्।विराटनगरका दुई ठूला शिक्षण संस्था नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालमा ओपिडी सेवा जारी रहेपछि नेपाल चिकित्सक संघ कोशी प्रदेशले छलफल गरेको छ।

नेपाल चिकित्सक संघ कोशी प्रदेशका अध्यक्ष डा. राजेश चौधरीले भने, ‘विराटनगरका दुई ठूला अस्पतालले पूर्वजानकारीअनुसार ओपिडी पनि खुला राखेको कुरा सुन्यौँ। अहिले हामी अस्पतालमै छौँ। हाम्रो माग पूरा नहुञ्जेल आकस्मिक सेवाबाहेकका अन्य सेवालाई बन्द गर्न भनेका छौँ।’

सरकार र चिकित्सा शिक्षा आयोगले समेत आवासीय चिकित्सकलाई आठौँ तह बराबरको करिब ४८ हजार रुपैयाँ पारिश्रमिक दिनुपर्ने पत्रचार गरे पनि त्यो अनुसरण हुन नसकेपछि आन्दोलनमा उत्रिएको डा. चौधरीले बताए।

उनले भने, ‘सरकारले र आयोगले नै अब आवासीय चिकित्सकलाई दिने पारिश्रमिकको विषयमा ४८ हजार रुपैयाँ तोकेको छ। तर, यहाँ अझै पनि १० देखि २० हजार रुपैयाँमा काम लगाउने कार्य भइरहेको छ। यसमा आपत्ति रहेको छ।’

चिकित्सकको आन्दोलनका कारण बिरामीले भने सास्ती भोग्नुपरेको छ। यसैबीच, कोशी अस्पताल विराटनगरमा हर्नियाको उपचारका लागि भर्ना भएका विराटनगर–५ का बिहारी ठाकुर समस्यामा परेका छन्।

बिहीबार अत्याधिक पीडा भएपछि अस्पतालमा भर्ना भएका ५२ वर्षीय ठाकुरको चिकित्सकहरुले शुक्रबारबाट उपचार सुरु गर्ने जनाए पनि आन्दोलनका कारण उपचार सेवा पछि धकेलिएको छ।

ठाकुरका ज्वाइँ विराटनगर पिपल चोकका ब्रम्हदेव ठाकुरले उपचारका लागि सबै तयारी भइसक्दा आन्दोलनले समस्या गराएको बताए।

उनले भने, ‘हिजो बुवालाई अस्पतालमा भर्ना गरायौँ। शल्यक्रियाको तयारीका क्रममा औषधि खरिद गर्न पनि लगाए। आज बिहानबाट उपचार सुरु गर्ने चिकित्सकले बताउनु भयो। तर, आन्दोलनले रोकियो।’

ब्रम्हदेवले भने, ‘अब अहिले चिकित्सकहरुले आउँदो साता आइतबार, मंगबार वा बिहीबार उपचार हुने बताउनुभएको छ। यति दिन बिरामीलाई कसरी राख्नु? उपचार सेवा नपाउँदा हामी मात्र होइन, यहाँ भर्ना भएका अरु पनि समस्यामा छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?