
काठमाडौँ– आइतबार प्रहरीसँग झडप हुँदा आन्दोलनरत केही शिक्षक घाइते भएका छन्। घाइतेको संख्या भनेको खुलेको छैन।
घाइते भएका शिक्षकहरूलाई सिभिल अस्पतालमा लगिएको छ। घाइते भएका शिक्षकहरूलाई करिब १ घण्टापछि मात्र एम्बुलेन्स र प्रहरी गाडीबाट अस्पताल लगिएको थियो।
चैत्र २० गतेदेखि शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू निरन्तर आन्दोलनमा छन्।
आइतबार नयाँ बानेश्वरस्थित निषेधित तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा शिक्षकहरू घाइते भएका हुन्।
प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रयोग गरेको थियो। शिक्षकहरूले पनि प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए।