अवैध वित्तीय कारोबारमा संलग्न भएको आरोपमा २१ जना पक्राउ

अवैध वित्तीय कारोबारमा संलग्न भएको आरोपमा २१ जना पक्राउ
+
-

मोरङ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट २१ जना अवैध वित्तीय कारोबारीलाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार रुपैयाँ अवैध कारोबार गरेका छन्।

ब्यूरोले मोरङको रतुवामाई नगरपालिकास्थित आमबारीका ५९ वर्षीय वीरेन्द्रप्रसाद साह र ३१ वर्षीय दीपेन्द्रप्रसाद साहलाई २ अर्ब ८२ करोड १९ लाख ३३ हजार रुपैयाँ अवैध वित्तीय कारोबार गरेको आरोपमा पक्राउ गरेको छ।

यस्तै, ब्यूरोले चितवनबाट ६४ वर्षीय गोविन्द्रप्रसाद आचार्य, धनुषाकी अलितादेवी महतो, ४३ वर्षीय सञ्जीवकुमार महतो, ३५ वर्षीय प्रकाश सिंह, सप्तरीका ३५ वर्षीय रामविलास साह तेली, ३८ वर्षीया विरगंञ्जकी सलमा खातुनलगायत पक्राउ परेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु सुनको अवैध कारोबार, कर छली तथा भन्सार चोरी पैठारीलगायतमा संलग्न रहेका छन्।

त्यसैगरि, अवैध कारोबारबाट पाउने रकमलाई डिजिटल वालेटमा जम्मा गर्न लगाउने र सो रकमलाई रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका विभिन्न मनी ट्रान्सफरबाट रकम निकालेर कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?