
धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हाम फालेका मिर्गौला पीडित बिरामीकाे मृत्यु भएकाे छ।
मंगलबार दिउँसो अस्पतालकाे छतबाट हाम फालेका गाेदावरी नगरपालिका-१ का ६३ वर्षीय चक्रबहादुर सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बाेहराले सिंहकाे उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे जानकारी दिए।
मिर्गौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए।
साेमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। कुरुवा बसेकी उनकी श्रीमती ईश्वरीदेवी सिंह निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए।
प्रहरीले उनलाई छतमा चढेकाे देखेर वार्ड फर्किन आग्रह गरेकाे थियो तर उनले हेर्दाहेर्दै हाम फालेकाे प्रहरीले जनाएकाे छ।