निकुञ्ज सुरक्षामा सेनाको ५० वर्ष: के भए, के भएनन्?

निकुञ्ज सुरक्षामा सेनाको ५० वर्ष: के भए, के भएनन्?
+
-

चितवन– प्रकृ‌ति तथा प‌र्यावरण संरक्षणका लागि नेपाली सेनाले जिम्मेवारी लिएको ५० वर्ष पूरा भएको छ। विस ०३२ सालदेखि सेनाले औपचारिक रुपमा चिनवन राष्ट्रिय निकुञ्जबाट प्रकृति तथा पर्यावरणको सुरक्षा दिन थालेको थियो।

‌नेपालमा प्रकृति संरक्षणको शुभारम्भ नागार्जुन जङ्गलमा तत्कालिन राजा सुरेन्द्र वीर विक्रम शाहको पालामा सन्‌ १८६९ मा मानिन्छ। विस २०३० सालमा पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि ०३२ सालदेखि सेनाले यस निकुञ्जको सुरक्षाको जिम्मेवारी लिएको थियो।

यसको ५० वर्ष पूरा भएको छ। अहिले चितवनसँगै नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन्। १ वन्यजन्तु आरक्ष र १ शिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र रहेको छ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको पोस्टमा सुरक्षाका लागि खटिएका सेना

यी सबैको संरक्षणको जिम्मेवारी सेनाले लिएको छ। यसको संरक्षणमा सेनाको ८ वटा गण, ७ वटा गुल्म र १ प्रकृति संरक्षण शिक्षालय गरी करिब ८ हजार भन्दा बढी फौज सुरक्षाको लागि खटाउँदै आएको छ।

नेपाली सेना‌ले वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण अन्तर्गतको राष्ट्रि‌य निकुञ्ज कार्यलयसँग सहकार्य गरेर काम कारवाही गर्ने गर्दछ। निजामती कर्मचारी र सुरक्षा निकायबीच सहकार्यले निकुञ्ज क्षेत्रको सुरक्षामा सहजता मिलेको सेना बताउँने गर्छ।

वन र बस्तीको सुरक्षामा सेना

चितवन राष्ट्रिय निकुञ्जमा देखिएको भाले र पोथी मयुर

वनको सुरक्षा लिएरै सेना निकुञ्ज क्षेत्रमा खटिएको छ। जसका कारण निकुञ्जमा हुने चोरी सिकार कम भएको छ। वनको सुरक्षासँगै सेनाले मानव बस्तीको सुरक्षामा पनि काम गर्दै आइहरेको छ।

यसका लागि नियमित गस्तीदेखि विशेष खालका अपरेशन गर्नुपरेको सेनाले जनाएको छ। विशेष खालको अभियानअन्तर्गत हाल ‘अपरेशन संरक्षण-११’ संचालन भइरहेको छ। जुन अपरेशन चोरीसिकार रोक्ने हो।

त्यस्तै सूचनाको आधारमा विषेश अपरेशन पनि गर्ने गरिने सेनाले जनाएको छ।

दैनिक रूपमा प्रत्येक निकुञ्जमा तीनवटा छोटो गस्ती सेनाले गर्ने गरेको छ। मध्यम आकारको महिनामा २ पटक र लामो गस्ती महिनामा १ पटक सञ्चालन गर्ने गरेको छ।

त्यस्तै गस्तीको आवश्यकता र भूगोलअनुसार पैदल, साइकल, हात्ती, मोटरसाइकल, गाडी र डुंगामा गस्ती सेनाले गर्छ।

साथै पछिल्लो समय यस कार्यमा विभिन्न प्रविधि जस्तै रियल टाइम स्मार्ट गस्ती, स्मार्ट आई, सिसी क्यामरा, ड्रोन, स्पाई क्यामेरा लगायतका प्रविधिलाई प्रयोग गरेर पनि सुरक्षामा नेपाली सेना खटिँदै आएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावलले जानकारी दिए।

बढे वन्यजन्तु

सेनाले निकुञ्जको सुरक्षा जिम्मेवारी लिएसँग वन्यजन्तु बढ्दै गएको छ। सेनाले निकुञ्ज संरक्षणको जिम्मेवारी लिएदेखि सन् २००९ मा १२१ को संख्यामा रहेको पाटेबाघ हाल बढेर ३५५ पुगेको छ।

त्यस्तै सन् २००५ मा ४०० को संख्याम रहेको एकसिंगे गैंडा हाल बढेर ७५२ वटा पुगेको छ।

हात्तिमा गस्ती गर्दै सेना, चिवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२८ वटा बाघ रहेका छन्। हात्ती ४५, चौरी गाई ३८८, घडियाल गोही ६९४ रहेका छन्। स्तनधारी ७० प्रजातिका, चरा ५४६, सरीरसृप र माछा १२० प्रजातीका चितवनमा रहेका छन्।

यस्तै आर्थिक वर्ष (आव) २०८१/०८२ को चैत्र मसान्तसम्म चितवनमा नेपाली पर्यटक ९२ हजार ८९०, सार्क मुलुकबाट आएका पर्यटक संख्या १६ हजार ७९८ रहेको छ।

यस्तै विदेशी पर्यटक संख्या ७२ हजार ५३९ रहेको छ भने निकुञ्ज भित्र प्रवेश गरेका सफारी संख्या ६ हजार ७८३ वटा रहेको छ। यस आर्थिक वर्षमा चितवनमा २३ अर्ब ६४ करोड ९९ लाख ९५ हजार ९०० राजश्व संकलन भएको चितवन राष्ट्रि य निकुञ्ज कार्यालय प्रमुख डा.गणेश पन्तले बताए।

फेरिएको चितवन राष्ट्रिय निकुञ्ज

 

चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जानका लागि काठको डुङ्गाबाट नदी तर्दै सेना

चितवन राष्ट्रिय निकुञ्ज कुनै समय राजाले सिकार खेल्ने ठाउँ हो। राजधानी नजिकै रहेको चितवनमा बाघको सिकार धेरै हुँदा बाघ संकटउन्मुख थियो।

बाघसँगै वन्यजन्तुको संरक्षणका लागि वि.स. २०३० मा नेपालको पहिलो राष्ट्रि‌य निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुन्जको स्थापना भएको थियो।

०३२ सालबाट चितवन राष्ट्रि‌य निकुञ्जमा पहिलो पटक प्रकृति तथा पर्यावरण संरक्षण‌को सुरक्षाको जिम्मेवारी सेनाले पायो।

चितवनको क्षेत्रफल ९५२.६३ वर्ग किमी छ। विस २०५३ सालमा मध्यवती क्षेत्र पनि यहाँ बनाइएको छ। जसको क्षेत्रफल ७२९.३७ वर्ग किमी रहेको छ।

पहिला र अहिलेको अबस्थामा धेरै परिवर्तन भएको चितवन राष्ट्रि य निकुञ्जर कार्यालय प्रमुख पन्त बताउँछन्।

११६ जना सेनाको वीरगती

चितवन राष्ट्रिय निकुञ्जमा देखिएका एक सिंहे गैडा

जसरी नेपालले पर्यावरणमा उपलब्धि हासिल गरेको छ, त्यो त्यति सहजै भएको होइन। यहाँको बाघ संरक्षणदेखि वनको संरक्षणसम्मको विश्व समुदायले प्रशंसा गर्ने गर्छ।

पर्यावरणको संरक्षणमा खटिदा ५० वर्षमा ११६ जना सकलदर्जाका सेनाले वीरगती प्राप्त गरे। जसअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ४४ जना सकलदर्जाहरुले वीरगती प्राप्त गरेको हाल चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खाटिएको नयाँ गोरख गणका गणपति प्रमुख सेनानी शिवराम बस्न्यातले जानकारी दिए।

बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको बाघ

‘निकुञ्जको ड्यूटी अन्य स्थानको ब्यारेक भन्दा फरक हुन्छ। हामीले यहाँको जैविक देखि जनावरको उतिकै सुरक्षा गर्नुको साथै सरोकारवालाहरु र समुदायहरुसँग पनि मिलेर काम गर्ने गर्छौँ’, उनले भने।

नेपाली सेनाका प्रवक्ता तथा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी गौरव कुमार केसीले नेपाली सेना जस्तो अवस्थामा पनि पाएको जिम्मेवारीमा निरन्तर रूपमा खटिने गरेको बताए।

बढ्दो चुनौति, सीमित स्रोत साधन

अस्ताउँदै गरेको सूर्यको दृष्य / चितवन राष्ट्रिय निकुञ्जमा

पर्यावरणको संरक्षणमा सेनाले गरेको प्रगति जसरी सुन्दर रुपमा देखिन्छ, यसमा नमिठा दृष्य पनि छन्।

विशेष गरेर वन्यजन्तुको संरक्षण बढ्दै जाँदा मानव र बन्यजन्तुको द्वन्द्व बढ्दै गएको छ। चितवनमा मात्र आव २०८१/८२ मा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भयो।

यस्ता घटना देशभर निकुञ्ज क्षेत्रमा बढ्दै गएको छ। पशुधन, घरगोठमा क्षति, अन्नबालीमा क्षति पनि बढ्दै गएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा रुखमा देखिएको मयुर

‘मानव र वन्यजन्तुको दृन्द्वमा हामीले ती वन्यजन्तुको पनि सुरक्षा गर्नुपर्दछ र मानवको पनि सुरक्षा गर्नुपर्छ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावलले भने।

उनले चोरीशिकारको बदलिँदो प्रवृतिले अहिले अर्को चुनौति थपिएको बताए। वन्यजन्तुको बासस्थान विनाश, संरक्षित क्षेत्रमा अतिक्रमण तथा जैविक वविधतामा खतरा लगायतको चुनौतीहरु रहेको प्रमुख सेनानी रावलले बताए।

यस्तै बजेटको अभाव निकुञ्ज क्षेत्रले बेहोर्दै आइरहेको छ। जसका कारण यस आर्थिक वर्षमा गैडासमेत गणना हुन सकेन।

सेनाका लागि भौतिक संरचनाहरू पनि चुनौतिका रुपमा देखिएको छ। इन्टरको आजको युगमा सेना इन्टरनेट, बिजुलीविना बस्नु परेको छ।

हाल पूर्ण रुपमा विद्युत सेवा नभएको पोष्टहरू २६, इन्टरनेट उपलब्ध नभएका पोष्टहरू २७, शुद्ध खानेपानी नभएको पोष्टहरू २ वटा, यातायत सुविधा नभएका पोष्टहरू ६ वटा रहेको सेनाले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा देखिएका थप दृष्यहरू

तस्बिर: बर्षा शाह/ देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?